ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

सरकारः प्रकृतिलाई न्याय दिलाउ

८ फाल्गुन २०८१, बिहीबार
८ फाल्गुन २०८१, बिहीबार

भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी २१ वर्षीया प्रकृति लम्सालको शंकास्पद मृत्युले आम नेपाली जनतालाई अत्यन्त भावविह्वल वनाएको छ । नेपालमा विद्यार्थीदेखि आम सर्वसाधारण नागरिक सवैले प्रकृतिले न्याय पाउनुपर्ने माग सहित नेपाल सरकारलाई दवाव दिएका छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाको मंगलवारको बैठकमा त्यस सम्वन्धि बिषयले मूख्य प्राथमिकता पाएको छ । निश्चितरूपमा प्रकृतिले न्याय पाउनैपर्दछ । उनलाई मानसिक तनाव दिएर जसरी आत्महत्या गर्न बाध्य वनाईएको छ, घटनामा संलग्नमाथि कडा कारवाही हुनैपर्दछ । साथै प्रकृतिको बिषयमा आवाज उठाउने नेपाली विद्यार्थीमाथि कलेज प्रशासनले दुव्र्यवहार गर्ने जुन घोर निन्दनीय काम गरेको छ, त्यो घटनामा संलग्न कलेजका कर्मचारीमाथि समेत कारवाही गर्नैपर्दछ । यद्यपि त्यहाँको सरकारले कलेजका वरिष्ठ कर्मचारीलाई बर्खास्त गरेको भनिएको छ । तर वास्तविकरूपमै संलग्न कर्मचारीमाथि त्यहाँको सरकारले कारवाही गरोस् । कलेज प्रशासनले घटनामा प्रत्यक्ष जोडिएका र नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई निष्कासन गरेको छ । तर त्यतिले मात्रै पुग्दैन । घटनाको सत्यतथ्य बाहिर आउदैपर्दछ । नेपाली चेलीमाथि मानसिक यातना दिनेमाथि कारवाही हुनुपर्दछ । भारत सरकारले नेपाली चेलीमाथि बर्बर मानसिक यातना दिने भारतको कोलकाता निवासी अडभिक श्रीवास्तवलाई कडा कारवाही गरोस् । यद्यपि यस प्रकरणका मुख्य आरोपी पनि न्यायिक हिरासतमा पुगिसकेको छ । ओडिसा प्रहरीले पीडितलाई पूर्ण न्याय दिलाउने बताइरहेको छ । यद्यपि, नेपाली विद्यार्थीहरू भने आश्वस्त हुन सकेका छैनन् । यो विषयले नेपालको संसदमा मात्र होइन, ओडिसा राज्यको विधानसभामा पनि प्रवेश पाएको छ । त्यहाँका प्रतिपक्षी दलका सांसदहरूले सरकारले राज्यमा शान्ति सुरक्षा कायम गर्न नसकेको र यो घटनाप्रति अन्तर्राष्ट्रिय रूपमा आलोचना भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन । यो घटनाले अन्तर्राष्ट्रिय रूप लिईसकेको छ । अव क्याम्पस प्रशासनले माफी मागेर, दोषीमाथि कारवाही गरेको भनेरमात्रै पुग्ने अवस्था छैन । घटनामा प्रत्यक्ष जोडिएका पात्रमाथि वास्तवमै कारवाही गरेको अनुभूति नेपालीहरूले गर्नुपर्दछ ।

अहिले नयाँदिल्लीस्थित नेपाली दूतावासको पहलमा क्याम्पस प्रशासनले नेपाली विद्यार्थीहरूमाथि भएको दुव्र्यवहारप्रति माफी माग्र्दै विद्यार्थीहरूलाई कक्षामा फर्किन अपील गरेको छ । विद्यार्थीहरूमाथि दुव्र्यवहार गर्ने छात्रावासका दुई अधिकारी, अन्तर्राष्ट्रिय मामिला हेर्ने कार्यालयका एक उच्च अधिकारीसहित दुई सुरक्षा गार्डलाई पनि निलम्बित गरिएको छ । प्रकृतिले आफूमाथि दुव्र्यवहार भएको जानकारी दिएपनि क्याम्पस प्रशासनले समयमै नसुनेको कारण आज यति ठूलो दुर्घटना भएको छ । तसर्थ कारवाही माग राख्दा पनि सुनुवाई नगर्ने सम्वन्धित कलेजका पदाधिकारीलाई सवैभन्दा पहिले कारवाही गर्नुपर्दछ । नेपाली विद्यार्थीको सुरक्षा अहिलेको लागि ठूलो चुनौति वनेको छ । तसर्थ भारत सरकारले यो विषयमा गंभीरढंगले छलफल गरोस् । नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गरियोस् ।
क्याम्पस प्रशासनबाट भएको दुव्र्यवहारप्रति खेद प्रकट गर्दै केआईआईटीको उपकुलपतिले सार्वजनिक रूपमा माफी मागिसकेका छन । तर, माफी मागेर समस्याको समाधान हुँदैन । प्रकृतिलाई न्याय दिलाउनु सवैभन्दा महत्वपूर्ण बिषय हो । ओडिसा प्रदेश सरकारले उक्त घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति समिति गठन गरेको छ । प्रदेश सरकारसंगै केन्द्र सरकारले पनि घटनाको छानविन गर्न न्यायिक समिति बनाओस् । भोलीका दिनमा फेरी प्रकृतिको नियती अरू विद्यार्थीले भोग्नु नपरोस भन्नेतर्फ सतर्कता आवश्यक छ । प्रहरीले अडभिक श्रीवास्तवविरुद्ध आत्महत्या दुरुत्साहनको एफआइआर दर्ता गरेको छ । अव दोषीमाथि कारवाही हुन्छ भन्ने विश्वास सिर्जना भएको छ तर विश्वास गरिहाल्ने अवस्था छैन । नेपालले यो विषयमा निरन्तर खबरदारी गर्नैपर्दछ । घटनामा अडभिक दोषी रहेको कुरा सार्वजनिक भएपनि अझै धेरै तथ्य कुरा अनुसन्धानबाटै पत्ता लाग्ने भएकोले गहिरो अनुसन्धानको आवश्यकता छ । नेपाली चेली प्रकृतिले न्याय पाउनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?