ट्रेंडिंग:

>> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ?

शिक्षाको रूपान्तरण र विकासको निरन्तरता आवश्यक छः महासचिव पोख्रेल

८ फाल्गुन २०८१, बिहीबार
८ फाल्गुन २०८१, बिहीबार

चन्द्रौटा (कपिलवस्तु), ८ फागुन ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समयको शिक्षाको पाठ्यक्रम परिमार्जनको आवश्यकता रहेको बताएका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर–१, गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालको शिक्षालाई व्यवहारिक र व्यवसायिक बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै पछिल्लो समय नकारात्मक भ्रम फैलाइएको दाबी गर्दै वास्तविकता बुझ्न सबैलाई आग्रह गरे । शिक्षा प्रणालीलाई साधारणबाट व्यवसायिक बनाउनु पर्ने पोखरेलले बताए । “युवाहरूलाई आत्मनिर्भर बनाउन व्यवसायिक शिक्षा नै प्रमुख उपाय हो,“ उनले भने । त्यसैले अब हाम्रो ध्यान व्यवहारिक सीप सिकाउने शिक्षामा जानुपर्ने बताउँदै देशको अवस्थाबारे भ्रम सिर्जना गर्न खोजिएको उनले बताए ।

“नेपालमा केही छैन भन्ने सोच्नुहोस्, यहाँ थुप्रै अवसरहरू छन् । तर त्यसलाई पहिचान गरेर सदुपयोग गर्नुपर्छ” उनले भने । मुलुक विकास र समृद्धिको यात्रामा अघि बढिसकेको उल्लेख गर्दै निरन्तर सकारात्मक सोच राखेर लाग्नुपर्ने उनले बताए । आफ्नो कार्यकालमा कपिलवस्तु जिल्लाका विभिन्न पूर्वाधार योजनाहरू अघि बढाएको उनले उल्लेख गरे । हुलाकी मार्ग, चन्द्रौटा–कृष्णनगर सडक, बुटवल–गोरुसिंगे सडक लगायतका विकास आयोजहरूमा आफूले विशेष पहल गरेको उनले जिकिर गरे ।

परियोजनाहरूले कपिलवस्तुको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ । शिक्षा, पूर्वाधार र रोजगारीका अवसरहरू सिर्जना गर्न निरन्तर लागिरहनुपर्ने उनले बताए । कपिलवस्तु शिक्षाको दृष्टिले केही पछाडि रहे पनि अहिले सबै पक्षबाट सुधार भइरहेको महासचिव पोख्रेलले बताए । शैक्षिक संस्थाहरूको शिक्षालाई नवीनतम प्रविधिसँग जोडेर अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?