Butwal Today

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् तीन एजेन्डा

८ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, ८ फागुन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बिहीबार बस्ने भएको छ। पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले दिउँसो २ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने जानकारी दिएका छन्।

बैठकमा छलफल गर्नका लागि तीन प्रमुख एजेन्डा तय गरिएको छ। बुर्लाकोटीका अनुसार, बैठकमा समसामयिक र पार्टी गतिविधिहरू, नियमावली र कार्यविधिहरू (जस्तै – प्रबास नेपाली सम्पर्क विभाग नियमावली २०८१, कार्यविधि प्रतिस्थापन, र्याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१), र सर्वांगीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारीबारे छलफल हुनेछ। पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा मुछिएपछि कार्यबाहक सभापति डिपी अर्यालको सभापतित्वमा रास्वपाको बैठक बस्दै आएको छ, जसले पार्टी संगठनका विभिन्न निर्णयहरू गरेको छ।