Butwal Today

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् तीन एजेन्डा

८ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, ८ फागुन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बिहीबार बस्ने भएको छ। पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले दिउँसो २ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने जानकारी दिएका छन्।

बैठकमा छलफल गर्नका लागि तीन प्रमुख एजेन्डा तय गरिएको छ। बुर्लाकोटीका अनुसार, बैठकमा समसामयिक र पार्टी गतिविधिहरू, नियमावली र कार्यविधिहरू (जस्तै – प्रबास नेपाली सम्पर्क विभाग नियमावली २०८१, कार्यविधि प्रतिस्थापन, र्याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१), र सर्वांगीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारीबारे छलफल हुनेछ। पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा मुछिएपछि कार्यबाहक सभापति डिपी अर्यालको सभापतित्वमा रास्वपाको बैठक बस्दै आएको छ, जसले पार्टी संगठनका विभिन्न निर्णयहरू गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?