© २०२३
बुटवल, ८ फागुन ।
नेकपा माओवादी (केन्द्र)का केन्द्रीय सचिव तथा पूर्वमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले वर्तमान सरकार भष्ट्राचार, अनियमितता र विसंगतिको मतियार बनेको आरोप लगाएका छन्। उनले सरकारले नीति नै भष्ट्राचार लाई संरक्षण गर्ने उद्देश्यले बिभिन्न बिधेयकहरु ल्याइरहेको दाबी गर्दै यसको व्यापक विरोध गर्नुपर्ने बताएका छन्।
बुटवल उपमहानगरपालिका कमिटीको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै बलदेवले माओवादी केन्द्रले सरकारको कमजोरीको भण्डाफोर गर्दै निरन्तर खबरदारी गर्ने बताए। उनले भने, “अहिलेको सरकार इतिहासकै निकम्मा साबित भएको छ। नीति निर्माणका नाममा अनेक बाहाना बनाएर भष्ट्राचारको ढोका खुला गर्ने विधेयकहरू ल्याइँदैछ। यस्तो गलत अभ्यासको विरोधमा हामी निरन्तर खबरदारी गरिरहेका छौं। सरकारको गलत नीति सुधार नभएसम्म हाम्रो अभियान जारी रहनेछ।”
उनले नेकपा माओवादी केन्द्रले पार्टीभित्रको अभियान र बाहिरको अभियान गरी दुई चरणमा देशव्यापी रूपमा अभियान सञ्चालन गरिरहेको बताए। उनका अनुसार पार्टीले एकातिर सरकारका गलत नीति तथा कार्यशैलीको विरोध गरिरहेछ भने अर्कोतर्फ सांगठानिक सुदृढीकरणमा ध्यान दिइरहेको छ। “हाम्रो पार्टी सरकारको हिस्सा बन्नेभन्दा बाहिरै बसेर खबरदारी गर्ने पक्षमा छ। हामीले निरन्तर रूपमा सरकारका गलत नीतिहरूको पर्दाफास गरिरहेका छौं, जसका कारण भष्ट्राचार संलग्न व्यक्तिहरू असहज महसुस गरिरहेका छन्।” माओवादिका केन्द्रका नेताहरुले भष्ट्राचार विरुद्धको संघर्षलाई तीव्र पार्ने प्रतिबद्धता जनाएका छन । कार्यक्रममा पूर्वभूमिसुधार राज्यमन्त्री हकिकुल्लाह खाँ, पूर्वप्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, केन्द्रीय सदस्य गोविन्द केसीलगायतका नेताहरूले पनि आ-आफ्ना विचार राखेका थिए। उनीहरूले माओवादी केन्द्र आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने तयारी गरिरहेको उल्लेख गर्दै देशभर माओवादी लहर फैलिएको दाबी गरे । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्वभूमिसुधार राज्यमन्त्री हकिकुल्लाह खाँले भने, सरकारको नीति जनविरोधी रहेको उल्लेख गर्दै भने, “हामी सरकारका गलत नीति र भ्रष्टाचारविरुद्ध निरन्तर खबरदारी गर्दै आएका छौं। माओवादी आन्दोलन फेरि बलियो रूपमा अघि बढ्दै छ। हामीले गुट-उपगुटका हल्ला चिर्दै सशक्त पार्टी निर्माणमा ध्यान दिनुपर्छ।”
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वप्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले उनले माओवादी केन्द्रले जनताको आवाजलाई दबाउन नदिने प्रतिबद्धता जनाउँदै भने, “न्यायिक प्रक्रिया पारदर्शी हुनुपर्छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकलाई उचित कार्यान्वयन नगरी कानुनी प्रक्रिया कमजोर बनाउने प्रयास गरिरहेको छ। हामी यसविरुद्ध कडा रूपमा उभिनेछौं।” केन्द्रीय सदस्य गोविन्द केसीले भने, “सरकारको भ्रष्टाचार र जनविरोधी नीतिविरुद्ध माओवादी केन्द्र सदन र सडक दुवैबाट संघर्ष गर्दै आएको छ।
अबको लडाइँ आम जनता र भ्रष्टाचारको संरक्षण गर्ने सरकारबीचको हुनेछ।”“देशमा भ्रष्टाचार संस्थागत रूपमा मौलाउँदै गएको छ। सरकार स्वयं भ्रष्टाचारको संरक्षण गर्न उद्दत देखिन्छ। सरकारको नीति नै अनियमिततालाई प्रश्रय दिने खालको छ, जुन अत्यन्तै खतरनाक छ। अब सरकारलाई खबरदारी गर्ने मात्र होइन, भ्रष्टाचारविरुद्ध आम जनतासँगै आन्दोलन चर्काउने तयारी गर्नुपर्छ।” माओवादि केन्द्रका रुपन्देहिका संयोजक निर्मल जिसिले भ्रष्टाचारविरुद्ध संघर्षलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन । सरकारको नीति तथा भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने र खबरदारी जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। भ्रष्टाचारको अन्त्य नभएसम्म संघर्ष नरोक्ने बताउँदै सरकारका गलत नीतिहरूको विरोधमा सशक्त अभियान सञ्चालन गर्ने घोषणा गरी अगाडि बढ्ने बताए । उनले भने, “हाम्रो पार्टीको उद्देश्य जनताको अधिकार सुनिश्चित गर्नु हो। भ्रष्टाचारको अन्त्य र समाजवादको स्थापनाका लागि हामी निरन्तर लडिरहनेछौं।
जिसिले माओवादी आन्दोलन फेरि सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका थिए। नगरको तेस्रो अधिबेशनको अबसरमा भ्रष्टाचारविरुद्ध खबरदारी र्याली पनि सम्पन्न भएको छ । अधिबेशनको सुरुवातमा माओवादी केन्द्रले भ्रष्टाचारविरुद्ध खबरदारी सभा आयोजना गरेको थियो। पार्टी कार्यालय माझगाउँबाट सुरु भएको खबरदारी र्याली तीनकुने, कालिकानगर, होराइजन चोक हुँदै देविनगर पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले “भ्रष्टाचार अन्त्य गर”, “जनताको अधिकार सुनिश्चित गर”, “निष्पक्ष न्याय प्रणाली लागू गर”, जस्ता नाराहरू लगाएका थिए।
सभामा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणि खनाल ‘बलदेव’ र केन्द्रीय सदस्य बामदेव क्षेत्रीले भ्रष्टाचारविरुद्ध कडा धारणा राख्दै सरकारलाई खबरदारी गरे। नेताहरूले जनताको आवाज दबाउने कुनै पनि प्रयासलाई असफल पार्ने चेतावनी दिए। माओवादी केन्द्र बुटवल उपमहानगरपालिका कमिटीका अध्यक्ष महेन्द्र भुषालले सांगठनिक सुदृढीकरणका विषयमा प्रकाश पार्दै पार्टीलाई बलियो बनाउन सबैले योगदान दिनुपर्ने बताए। उनले भने, “हाम्रो संगठन बलियो भयो भने मात्रै सरकारका गलत नीतिहरूको प्रभावकारी रूपमा प्रतिरोध गर्न सकिन्छ।” नगरका सचिव सागर न्यौपानेका अनुसार अधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि आन्तरिक छलफल भइरहेको छ, र आजसम्म नयाँ कार्यसमिति घोषणा गरिनेछ।सचिव न्यौपानेले भने, “हामीले संगठनलाई पुनः बलियो बनाउन र आगामी निर्वाचनामा जित हासिल गर्ने गरी छलफल गरिरहेका छौं। अधिवेशनले नयाँ रणनीति तय गर्नेछ, जसले पार्टीलाई आगामी चुनावमा अझ प्रभावकारी बनाउनेछ।”