ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

‘ब्याज अनुदान’ ले युवालाई व्यवसायमा प्रोत्साहन

८ फाल्गुन २०८१, बिहीबार
८ फाल्गुन २०८१, बिहीबार

रामपुर, ०८ फागुन

स्वदेशमै बसेर केही गर्ने मनसाय बोकेका युवालाई ब्याज अनुदान कार्यक्रम एउटा खुड्किलो चढ्ने माध्यम बनेको बताउँछन्, युवा व्यवसायी विनोद श्रेष्ठ। रामपुर नगरपालिकामार्फत सञ्चालित युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ब्याज अनुदानमा सिफारिस भई उनले व्यवसाय सञ्चालन गरेका छन्।

पहिलोपटक ब्याज अनुदानमा नगरपालिकाबाट सिफारिस भई उनले रु. १० लाखको ब्याज अनुदान लिएका थिए। दोस्रोपटकका लागि पनि उनले यस आर्थिक वर्षको कार्यक्रममार्फत पुनः कार्यक्रममा भाग लिएका छन्। उनले पहिलोपटक नगरपालिकाले तोकेको प्रक्रियाअनुसार व्यवसाय सञ्चालन गरेका थिए। यसपटक सो कार्यक्रममा २० लाखको सिफारिसमा परेको श्रेष्ठले बताए।

‘व्यवसाय भनेको आफैले लगानी गर्ने हो, अनुदान भनेको एउटा खुड्किलो चढ्ने माध्यम हो, नगरपालिकाले ल्याएको यस कार्यक्रमले व्यवसायमा सहजता ल्याएको छ, व्यवसायका लागि बैंकबाट लिएको ऋणको ब्याज नगरपालिकाले तिरिदिएपछि धेरै सजिलो भएको छ’, उनले भने। उनले होलस्टिन नामबाट पशु फार्म चलाएका छन्। लामो समयदेखि पशु फार्म व्यवसायमा आवद्ध श्रेष्ठले नगरपालिकाले सञ्चालन गरेको ब्याज अनुदान कार्यक्रमको प्रभाव युवामा परेको बताए। यसले युवालाई व्यवसाय गर्न प्रोत्साहन मिलेको छ। “ब्याज अनुदान कार्यक्रम असाध्यै राम्रो छ, व्यवसाय सानो होस् या ठूलो लगानी आफैले गर्ने हो”, उनले भने, “तर अनुदान आउनु र पाउनु भनेको एउटा व्यवसायमा खुड्किलो चढ्ने आधार हो, यसलाई हामीले प्रोत्साहनका रूपमा लिनुपर्छ।” उनले पशु खरिद बिक्री, दूध उत्पादन तथा बजारीकरण कार्य गरिरहेका छन्।

श्रेष्ठले विदेश जान लागेका युवालाई स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण देखाउँदै पशुपालनमा लागेको बताए। हाल उनको फार्ममा गाईभैंसीसहित १० वटा पशु छन्। पशु थप्ने तयारी गरिरहेका छन्। उनले २० वटा लैनो भैंसीपालन गर्ने योजना बनाएका छन्। हाल ६० लिटर दूध उत्पादन लिइरहेका छन् र धेरै हुँदा १ सय ३० लिटर उत्पादन हुने गरेको श्रेष्ठ बताउँछन्।

रामपुर नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रममार्फत युवाले विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन्। विदेश गएर फर्केका र जाने तयारीमा रहेका युवालाई स्वदेशमै बसेर विभिन्न व्यवसाय सञ्चालन गरी स्वरोजगार बनाउन आव २०७६/७७ देखि नगरपालिकाले युवा स्वरोजगार अन्तर्गत ब्याज अनुदान कार्यक्रम सुरु गरेको हो। यस कार्यक्रममा सिफारिस भएका व्यवसायीलाई बैंकमा लिएको ऋणको ब्याज बुझाउनुपर्ने झन्झट व्यहोर्नुपरेको छैन।

सुरुमा रु. पाँच लाखबाट ब्याज अनुदान दिन थालेको नगरपालिकाले हाल भने रु. ३० लाखसम्म अनुदान दिने गरेको छ। यस कार्यक्रमबाट अहिलेसम्म ९७ युवा लाभान्वित भएका छन्। हालसम्म रु. १ करोड ११ लाख ६९ हजार आठ सय २८ बराबरको रकम लगानी गरिएको छ। युवा वैदेशिक रोजगारमा जाने बढ्दै गइरहेको अवस्था हुँदा उनीहरूलाई गाउँमै व्यवसाय सञ्चालन गरेर टिक्ने वातावरण बनाउँदै ब्याज अनुदान कार्यक्रम ल्याइएको रामपुर नगरप्रमुख एवं युवा स्वरोजगार कार्यक्रम सञ्चालन समिति संयोजक रमणबहादुर थापाले बताउँछन्।

“सिधै अनुदान रकम दिनुभन्दा ब्याजमा लगानी गरिदिँदा व्यवसाय दीर्घकालसम्म टिक्ने र व्यवसायीलाई पनि बैंकबाट लिएको ऋणको ब्याज तिर्नुपर्ने भार परेन”, नगरप्रमुख थापाले भने, “बैंकको ब्याज रकम नगरपालिकाले बुझाइदिने भएपछि व्यवसायीलाई ब्याज तिर्ने तनाव भएन, व्यवसायमा मात्रै ध्यान दिएर भयो, ब्याज अनुदान कार्यक्रम धेरै प्रभावकारी र लामो समयसम्म व्यवसाय टिक्ने देखिएको छ।”

यस आवमा नगरभित्रका ४४ जना युवालाई कार्यक्रममा छनोट गरिएको नगरप्रमुख थापाले बताए। मापदण्डअनुसार व्यवसाय नगर्नेका लागि भने अनुदान रोक्का गरिने उनले बताउँछन्। नगरप्रमुख थापाका अनुसार कार्यक्रममा समावेश व्यवसायीले तोकेको मापदण्डअनुसार प्रक्रिया पूरा गर्नेलाई अनुदान उपलब्ध गराइएको छ।

तरकारी, फलफूल खेती, संरचनाभित्र तरकारी खेती/तरकारी वा फलफूल वा पुष्प नर्सरी, कुखुरापालन (ब्रोइलर), कुखुरापालन (स्थानीय, लेयर्स, हाँसलगायत अन्य पंक्षीपालन), माछापालन, बाख्रापालन, मौरीपालन, च्याउखेती, बङ्गुरपालन, गाईभैंसीपालन व्यवसाय गर्नका लागि नगरपालिकाले ब्याज अनुदान उपलब्ध गराउँदै आएको नगरपालिका कृषि शाखा प्रमुख एवं सदस्यसचिव नारायणप्रसाद गैरेले बताए।

कार्यक्रममा सिफारिस भएर व्यवसायमा लागेका व्यवसायीको बेलाबेलामा समितिले तोकेको मापदण्डअनुसार काम गरे– नगरेको अनुगमन गर्ने कार्य भइरहेको प्रमुख गैरे बताउँछन्। उनका अनुसार तरकारी खेती–फलफूल खेती न्यूनतम दुईदेखि पाँच रोपनीमा खेती गर्नेलाई रु. पाँच लाख, १० रोपनीमा रु. १० लाख, ३० रोपनीमा रु. २० लाख, ५० रोपनीमा रु. ३० लाख रहेको छ भने संरचनाभित्र तरकारी खेती/तरकारी वा फलफूल वा पुष्प नर्सरी व्यवसाय न्यूनतम एक रोपनीमा रु. पाँच लाख, पाँच रोपनीमा रु. २० लाख, १० रोपनीमा रु. ३० लाख र च्याउखेती न्यूनतम तीन डुम हाउसलाई रु. पाँच लाख, छ डुम हाउसलाई रु. १० लाख, १२ डुम हाउसलाई रु. २० लाख र १८ डुम हाउसलाई रु. ३० लाख रहेको छ।

बङ्गुरपालनतर्फ न्यूनतम पाँच माउ वा २० वटा बच्चा भएकालाई रु. ६ लाख, १० वटा माउलाई रु. १२ लाख, २० माउलाई रु. २४ लाख, २५ माउलाई रु. ३० लाख छ भने गाईभैंसीपालनतर्फ न्यूनतम पाँच माउका लागि रु. १० लाख, १० माउलाई रु. २० लाख, २० माउका लागि रु. ३० लाख रहेको छ। यस्तै, कुखुरापालन (ब्रोइलर) न्यूनतम पाँच सय पालन गरेमा रु. तीन लाख, आठ सयलाई रु. पाँच लाख, एक हजार छ सय गर्नेलाई रु. १० लाख, तीन हजार दुई सयलाई रु. २० लाख छ। पाँच हजार कुखुरापालनका लागि रु. ३० लाख र कुखुरापालनमै (लोकल, लेयर्स, हाँसलगायत अन्य पन्छीपालन) न्यूनतम पाँच सय पन्छीका लागि रु. ६ लाख, एक हजार पाँच सय पन्छीपालन गर्नेलाई रु. १५ लाख, तीन हजार कुखुरापालन गर्नेलाई रु. ३० लाख रकम ब्याज अनुदानको रूपमा उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ।

माछापालनतर्फ भने न्यूनतम दुई रोपनीमा रु. पाँच लाख, पाँच रोपनीमा रु. १० लाख, १० रोपनीमा रु. २० लाख, १५ रोपनीमा रु. ३० लाख छ भने बाख्रापालनतर्फ (माउ बाख्रा) न्यूनतम दशवटा माउ बाख्राका लागि रु. पाँच लाख, २० भएमा रु. १० लाख, ४० भएमा रु. २० लाख, ६० माउ बाख्रालाई रु. ३० लाख र मौरीपालनतर्फ न्यूनतम २० घार भएमा रु. तीन लाख, ४० घारलाई रु. ६ लाख, ८० घारलाई रु. १२ लाख, दुई सय घारलाई रु. ३० लाख रहेको छ। अन्य व्यवसाय तथा विन व्यवसायका लागि भने समितिको निर्णयअनुसार उपलब्ध गराइनेछ।

दुई वर्षसम्म युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान प्राप्त गरिसकेका युवा उद्यमीले पुनः कार्यक्रममा सहभागी भई ब्याज अनुदानका लागि प्रस्ताव पेस गरेमा समितिले पूर्वसञ्चालित व्यवसायमा थप न्यूनतम मापदण्ड पूरा गरी मापदण्डअनुसारको कर्जा रकममा ब्याज अनुदान दिइने कार्यविधिमा जनाइएको छ। समितिले तोकेको मापदण्ड र कार्यविधिमा रहेर व्यवसाय गर्ने युवालाई कार्यक्रममा समावेश गरिने गरिएको छ।

केही काम गर्न चाहना भएका युवा उद्यमीलाई व्यवसायबाट स्वरोजगार र आत्मनिर्भर बनाउन ब्याज अनुदान उपलब्ध गराइएको छ। यस कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिका लागि २१ वर्षदेखि ५९ वर्ष उमेर तोकिएको छ (रासस)।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?