© २०२३
बुटवल, ८ फागुन ।
लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पी अन्तर्गतका १० वटा क्लवको आयोजनामा कपिलवस्तुको कोठीखोला कपिलवस्तु गौशालामा सहयोग प्रदान गरेका छन् ।
विहीबार गौशालामा एक औपचारिक कार्यक्रमको आयोजना गरी गौआहारको रुपमा चापट, ब्रान, साईलेज गरी एक टेक्टर पराल प्रदान गरिएको कार्यक्रम संयोजक डिष्ट्रिक कोचिफ (हंकररिलिभ) सिता भट्टराईले जानकारी दिइन् ।
कार्यक्रममा बाणगंगा नगरपापालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेललाई डिष्ट्रिक जिएट गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले गौआहारा प्रदान गरी कार्यक्रम शुभारम्भ गरेका थिए । गौशाला व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष पौडेलले गौशालाको लागि लायन्स क्लवले गरेको सहयोगको उच्च प्रशंसा समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक गभर्नर प्रधानाङ्गले सामाजिक सेवा भावले लायन्सले मानिसको साथै पशु कल्याणमा समेत जोड दिएका थिए । लायन्स क्लव अफ बुटवल फुलबारी, लायन्स क्लव अफ बुटवल स्टार्स, लायन्स क्लव अफ बुटवल सयपत्री, लायन्स क्लव अफ बुटवल डायनामिक लेडिज, लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ बुटवल भृकुटी प्यराडाईज, लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटी, लायन्स क्लव अफ बुटवल संकरनगरबाटिका, लायन्स क्लव अफ बुटवल मुक्तीनाथ र लायन्स क्लव अफ बुटवल भृकुटी टाउनको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पीका फष्ट भिडिजी बालाराम भट्टराई, डिष्ट्रिक चिफ एड्भाईजर खेम हमाल, जिएटि आशिष कृष्ण श्रेष्ठ, डिष्ट्रिक जीटी मिना पन्थी, जिएमटी दिपक श्रेष्ठ सहित डिष्ट्रिकका विभिन्न पदका पदाधिकारीहरु र क्लवका अध्यक्ष सहित सचिव र पदाधिकारीहरुको सहभागिता रहेको थियो ।