© २०२३
बुटवल, ८ फागुन ।
रुपन्देही जिल्ला बास्केटबल संघको आयोजनामा जिल्लास्तरिय अन्तर विद्यालय बास्केटबल प्रतियोगिता २०८१ मा अन्तिम चारको टुगो लागेको छ । बुधबार भएको पहिलो चरणको खेलमा समुह ए मा रहेको ब्रिटिश ग्रामर विजेता र दीप बोर्डिङ स्कुल उपविजेता तथा समुह बि मा न्यु होराईजन बिजेता तथा सिद्धार्थ उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएको हो ।
बिहिबार हुने सेमीफाईनल खेलमा ब्रिटिश ग्रामर र सिद्धार्थ स्कुल तथा न्यु होराईजन र दीप बोर्डिङ स्कुलका बिचमा हुने छ ।
पहिलो चरणको लिग प्रतियोगितामा दीप बोर्डिङले मणिमुकुन्दलाई ३७–१७, न्यु होराईनले एभरेष्टलाई ३१–२७, ब्रिटिश ग्रामरले मणिमुकुन्दलाई २१–१५, ब्रिटिश ग्रामरले दीपलाई २२–१७, सिद्धार्थले एभरेष्टलाई २८–२१, न्यु होराईजनले सिद्धार्थलाई ३९–२१ अंकले जित निकालेको संयोजक शशान्क प्रधानले बताए । न्यु होराईजन माबिको बास्केटबल कोर्टमा भएको प्रतियोगिताको एक समारोहका बिच संघका अध्यक्ष राजन कुमार श्रेष्ठ उद्घाटन गरे ।