Butwal Today

कक्षा ११ र १२ को पुराना आंशिक र ग्रेडवृद्धि परीक्षा तालिका सार्वजनिक

८ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

काठमाडौं।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ का पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ। उक्त परीक्षा आगामी वैशाख २६ गतेदेखि सुरु हुने छ।

कार्यालयले साधारणतर्फ रजिष्ट्रेशन नम्बरको सुरुका दुई अङ्क ५६ देखि ७७ र प्राविधिकतर्फको सुरुका दुई अङ्क ७३ देखि ७८ भएका परीक्षार्थीहरूको परीक्षा तालिका सार्वजनिक गरेको हो। यी परीक्षाहरू बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?