ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

शिक्षा शाखा प्रमुखमाथि आक्रमण गर्ने वडाध्यक्षलाई कारबाहीको माग

८ फाल्गुन २०८१, बिहीबार
८ फाल्गुन २०८१, बिहीबार

भैरहवा, ०८ फागुन ।
रूपन्देहीको रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेमाथि आक्रमण गर्ने वडाअध्यक्षलाई कारवाहीको माग गरिएको छ । कार्यपालिकाको बैठकमा आवश्यक राय÷सल्लाह माग गर्न आमन्त्रण गरिएका राष्ट्रसेवक कर्मचारीमाथि भौतिक आक्रमण गर्नु र समग्र कर्मचारी वर्गकै मनोबल गिर्ने गरी कानूनविपरीत कार्यालय परिसरमै आक्रमण गरी घाइते बनाउने रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानलाई आवश्यक कारवाहीको माग गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विज्ञप्ती जारी गर्दै रोहिणी गाउँपालिकाको यही फागुन ५ गतेको कार्यपालिका बैठकमा छलफलको क्रममा गाउँपालिकाका शाखा अधिकृत, अधिकृतस्तर आठौं तह शिक्षा शाखामा कार्यरत मधु प्रसाद घिमिरेले आफ्ना विचार प्रस्तुत गर्ने सन्दर्भमा वडाअध्यक्ष खानले भौतिक रूपमा आक्रमण गरी गालीगलौज, अपशब्द र अभद्र व्यवहार गरेको हुँदा यसले समग्र रोहिणी गाउँपालिकाको कार्यवातावरणमा नकारात्मक असर परेको उल्लेख गरेका छन् ।
‘निज करम हुसेज खानका गतिविधिहरू विगतमा पनि अमर्यादित रहँदै आएको कुरा गत वर्ष आर्थिक प्रशासन शाखामा अभद्र व्यवहार गरी आर्थिक प्रशासन बन्द गर्ने र गाउँ कार्यपालिकामा कुर्सी तथा टेबल पोरी सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेको घटनाबाट पनि प्रष्ट हुन आउँछ’विज्ञप्तीमा भनिएको छ–‘आर्थिक वर्ष २०८०–०८१ को अन्त्यमा असारको २३ गते प्राविधिक शाखामा काम गरिरहेका कर्मचारीहरूमाथि ज्यान मार्ने उद्योगले हातपात गर्दा निजहरू भगेर बचेको समेत उदाहरणहरू रहेका छन् ।’
‘जनताको अमूल्य मतद्वारा चुनिएका जनप्रतिनिधिले राष्ट्रसेवक कर्मचारीको सहयोगले जनतालाई सरल, सहज र सुरक्षित वातावरणमा सेवा प्रवाह गर्नुपर्नेमा कानूनको बर्खिलाप यी र यस्तै क्रियाकलाप गर्दा राष्ट्रसेवक कर्मचारीले तटस्थ ढंगले सेवा प्रवाह गर्न असहज महसुस गर्ने, जनता तोकिएको सेवाबाट वञ्चित हुनुपर्ने बाध्यता रहने हुँदा यी र यस्तै गैरकानूनी क्रियाकलापमा संलग्न हरकोहीलाई कानूनी दायरामा ल्याइ शान्त र भयरहित वातावरणमा सार्वजनिक सेवा प्रवाह गर्ने वातावरण मिलाइदिनुहुन सम्बन्धित सबै पक्षसँग अनुरोध गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?