© 2026
काठमाडौं, ८ फागुन।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीकी नवनियुक्त मुख्यमन्त्री रेखा गुप्तालाई बधाई र शुभकामना दिएका छन्। दिल्लीको रामलीला मैदानमा बिहीबार शपथ ग्रहणपछि मोदीले रेखा गुप्तालाई पूर्ण जोशका साथ काम गर्न शुभकामना दिएका छन्। मोदीले आफ्नो सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा लेखे, “दिल्लीको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्रीमती रेखा गुप्ताजीलाई बधाई छ। उहाँ तल्लो तहबाट उठ्नुभएको छ र मलाई विश्वास छ कि उहाँले दिल्लीको विकासको लागि पूर्ण जोशका साथ काम गर्नुहुनेछ।”
रेखा गुप्ता दिल्लीकी नवौं मुख्यमन्त्री र चौथी महिला मुख्यमन्त्री बनेकी छिन्। यसअघि सुष्मा स्वराज, शिला दीक्षित र आतिशी मुख्यमन्त्री बनेका थिए।