Butwal Today

नेपालको निर्यातमा ४६ प्रतिशत वृद्धि

८ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

काठमाण्डौ, ८ फागुन ।

नेपालबाट वस्तु र सेवाको निर्यातमा ४६ प्रतिशतको वृद्धि भएको छ। भन्सार विभागका तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा अघिल्लो वर्षको तुलनामा निर्यातमा यो वृद्धि भएको हो।साउनदेखि माघसम्मको अवधिमा नेपालबाट १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ, जुन अघिल्लो वर्षको ८६ अर्ब ८३ करोड रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो। माघ महिनामा मात्र २९ अर्ब रुपैयाँको निर्यात व्यापार भएको छ। भटमास र सूर्यमुखी तेलको निर्यातमा बढोत्तरीले समग्र निर्यातमा वृद्धि भएको विभागले जनाएको छ। यी वस्तु नेपालमा उत्पादन नहुनुभएर आयात गरेर प्रशोधन पछि निर्यात गरिन्छ।

यद्यपि, आयात भने १० प्रतिशतले वृद्धि भएको छ। चालू वर्षको पहिलो सात महिनामा नेपालले ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १० दशमलव ०९ प्रतिशतले धेरै हो। यस कारण व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ दशमलव २० प्रतिशतले बढी हो।सात महिनामा भन्सार विभागले २ खर्ब ६५ अर्ब रुपैयाँको राजश्व सङ्कलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?