Butwal Today

आज सुन तोलामा ५ सय रुपैयाँले बढ्यो

८ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

भैरहवा,०८ फागुन  ।

नेपाली बजारमा सुन चाँदीको भाउ बिहीबार पनि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ९९५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको तोलाको १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।