© २०२३
नवलपरासी, ७ फागुन ।
नेपाल–भारत सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउने उद्देश्यले नवलपरासीको सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरिएको छ । इलाका प्रहरी कार्यालय महेशपुर, सशस्त्र प्रहरी बल र भारतीय सिमा सुरक्षा बल (एसएसबी) को टोलीले संयुक्त गस्ती गरेका हो ।
सिमावर्ती अपराध नियन्त्रण गर्न वस्तुस्थिति बुझ्ने, तस्करी नियन्त्रण गर्ने तथा सीमा सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले गस्ती गरिएको बताइएको छ ।
गस्ती टोलीमा नेपाल प्रहरीका ५ जना, सशस्त्र प्रहरीका ७ र भारतीय सिमा सुरक्षा बलका ७ जना गरी १९ जनाको सुरक्षा टोलीले मङ्गलबार संयुक्त गस्ती गरेको हो ।