ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

शहिदको सपना साकार पारौं

७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

आज राष्ट्रिय प्रजातन्त्र दिवस । यो दिवस नेपालमा हरेक बर्ष फागुन ७ गते मनाउने गरिएको छ । यो बर्षपनि प्रजातन्त्र दिवसको अवसरमा सरकार तथा नागरिकस्तरबाट विभिन्न कार्यक्रम गरि दिवस मनाउने औपचारिकता पूरा गरिदैछ । वास्तवमा फागुन ७ गते मनाउने प्रजातन्त्र दिवस नै शहिदहरूको सम्मानमा मनाउने गरिएको सवैभन्दा महत्वपूर्ण दिवस हो । विक्रमसम्बत १९९७ सालमा निरंकुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय राणा शासन अन्त्य गर्न दशरथ चन्द, गंगालाल, धर्मभक्त र शुक्रराजले सुरू गरेको राणाविरोधी आन्दोलनकै फलस्वरूप २००७ सालमा प्रजातन्त्र आएको थियो । त्यो आधार तयार गर्ने ती चारैजना शहिद नै नेपालका सच्चा शहिद हुन । ती चारजना शहिदको सम्मान र स्मरण तथा वि.सं. २००७ साल फागुन ७ गते आजकै दिन नेपालमा १०३ बर्षे जहाँनीया राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको स्मरणमा यो दिवस मनाउने गरिएको छ । नेपालमा पहिलोपटक निरंकुश राणाशासन अन्त्य गर्न चार बीर सपुतको शहादत र बलिदान स्वरूप प्रजातन्त्र प्राप्ति भएको दिन हो । तसर्थ ती चार शहिद नै आजको संघीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भ हुन् । चार शहिदले देशमा प्रजातन्त्र ल्याउन शहादत नगरेको भए देशले अझैपनि राणा र पञ्चायती शासन व्यवस्थाको आबरणबाट मुक्ति पाउन कठिन हुनेथियो । खासगरि आजको दिन नेपालमा यिनै चार शहिदको स्मरण र सम्मान गर्ने गरिन्छ । यद्यपि २००७ सालयताको करिव ७४ वर्षको अवधीमा प्रजातन्त्रका खातिर धेरै शहिदले बलिदानी दिएको भुल्न सकिदैन । २००७ सालकै जगमा उभिएर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आईपुगेका छौं । र, यसवीचमा देशका खातिर धेरै नेपालीले योगदान दिए, आफ्नो ज्यान समर्पण गरे । प्रजातन्त्रका खातिर शहिद हुने थोरै मात्र त्यो पनि औंलामा गन्न सकिनेमात्र छन ।

निश्चित रूपमा नेपाली जनताको लामो संघर्ष र बलिदानले नै निरकुंश, जहाँनिया र तानाशाही शासन व्यवस्थाको अन्त्य भई लोकतन्त्रको स्थापना भएको हो । चिन्ताको कुरा के छ भने शहिदहरूले गरेको त्याग र बलिदानको अहिले स्मरणभन्दा पनि विस्मय हुने अवस्था देखिएको छ । जुन उद्देश्य र त्यागले प्रजातन्त्रको सुन्दरता यहाँसम्म आईपुगेको छ, त्यो अहिले विर्सने प्रयास राजनैतिक दलहरूले गर्दै आएका छन् । शहिदहरूले जुन सपनाको साथ बलिदानी दिए शहिदको त्यो सपना पूरा गर्नेतर्फ वेवास्ता भैरहेको छ । नेपालमा केवल दिवस मनाउनकै लागि मात्रै दिवसको औपचारिकता पूरा गर्ने गरिएको गुनासो सुन्ने गरिएको छ । अवको दिनमा प्रजातन्त्र र त्यसका खातिर बलिदानी गर्ने शहिदको स्मरण दिवसको अवसरमा मात्रै होइन, अरू बेलापनि गर्नेतर्फ सरकारले पहल गर्नु जरुरी छ । अव संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रूपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रूपमा स्थापित गर्नु आवश्यक छ । २००७ सालको स्मरण गर्ने हो भने त्यो राणा शासनको जगजगी भएको बेला थियो । राणा शासनको बिरुद्धमा बोल्ने हिम्मत गर्नु भनेको ज्यानको बाजी लगाउनु सरह थियो । त्यो बेला प्रजातन्त्र प्राप्तिका लागि आन्दोलन गर्नु चुनौतिकै कुरा थियो । ज्यानको बाजी थापेर चुनौतिको सामना गर्ने बीर शहिदप्रति देश नतमस्तक छ । प्रजातन्त्र दिवसको दिन ती चार शहिदप्रति हार्दिक श्रद्धाञ्जली । शहिदको बलिदान र योगदान अहिले बिर्सने प्रयास भैरहेकोप्रति सर्वत्र चिन्ता छ । शहिदले देखाएको बाटो अनुसरण गर्ने काममा नेताहरू चुकिरहेका छन् । नेपाली जनता समेत खबरदारीमा धेरै पछि छन् । कम्तिमा शहिदले देखाएको बाटो र पदचाप पछ्याउनेतर्फ ध्यान दिनु जरुरी छ । खासगरी राजनीतिक दलहरूले शहिदले देखाएको बाटो र योगदान विर्सने काम नगरुन् । शहिदहरूप्रति श्रद्धाञ्जली ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?