© २०२३
सल्यान, ०७ फागुन ।
शारदा नगरपालिका वडा नम्बर १२ को तिमिलेस्थित दूर्गा आधारभूत विद्यालयको जीर्ण छाना पुनः निर्माण सम्पन्न भएको छ । विद्यालयको जस्ता पाता जीर्ण भई बर्षातको समयमा पानी चुहिने तथा पठनपाठनमा कठिनाइ हुने समस्या रहेकोले नयाँ जस्ता पाता परिवर्तन गरिएको हो ।
वडा कार्यालयको समन्वयमा शारदा नगरपालिकाको आर्थिक सहयोग तथा नेपाली सेनाको सिद्धी बक्स गण सिमखर्कको जनशक्ति सहयोगमा छाना परिवर्तन कार्य सम्पन्न भएको वडा अध्यक्ष सुरेन्द्र बुढाले जानकारी दिए । उनका अनुसार नेपाली सेनाको पाँच जनाको जनशक्तिले जस्ता पाता परिवर्तन गर्ने कार्यमा सहयोग पु¥याएको थियो ।
शारदा नगरपालिकाले एक लाख ३३ हजार ९८० रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउँदै विद्यालयको छानामा ४८ वटा नयाँ जस्ता पाता राखिएको छ । नयाँ छाना राखिएपछि विद्यार्थी तथा शिक्षकहरूलाई पठनपाठनमा सहजता मिलेको छ । जसले गर्दा विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पारेको बिद्यालय प्रशासनले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिले विद्यालय सुधारका लागि सहयोग पुर्याउने शारदा नगरपालिका, नेपाली सेना तथा समन्वयका लागि वडा कार्यालयप्रती आभार व्यक्त गरेको छ । स्थानीय तह र विभिन्न संघसंस्थाहरूको सहकार्यबाट विद्यालयको भौतिक संरचना सुधार गर्दै गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने लक्ष्य अनुसार आफुहरूले काम गरिरहेको वडा अध्यक्ष बुढाले जनाए ।