ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

कर्मचारीको आन्दोलनमा पालिका अध्यक्षको साथ, नैतिक संकटमा वडाध्यक्ष

७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

भैरहवा ।

रूपन्देही जिल्लाको रोहिणी गाउंपालिकामा वडा अध्यक्ष र शिक्षा शाखा प्रमुख बिचमा भएको द्वन्द्वले कामकाज ठप्प भएको छ । यता कर्मचारीको आन्दोलनलाई गाउंपालिका अध्यक्ष विद्या यादवले साथ दिएका छन् ।

पालिका अध्यक्ष नै कर्मचारी पीडित भएको र वडा अध्यक्षले कर्मचारीलाई भौतिक आक्रमण गर्नु निन्दनीय भएको भन्दै अध्यक्षलाई कारबाहीको माग गरेका छन् ।

रुपन्देहीको रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेमाथि आक्रमण गर्ने वडाअध्यक्षलाई कारवाहीको माग गरिएको छ ।

कार्यपालिकाको बैठकमा आवश्यक राय÷सल्लाह माग गर्न आमन्त्रण गरिएका राष्ट्रसेवक कर्मचारीमाथि भौतिक आक्रमण गर्नु र समग्र कर्मचारी वर्गकै मनोबल गिर्ने गरी कानूनविपरीत कार्यालय परिसरमै आक्रमण गरी घाइते बनाउने रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानलाई आवश्यक कारवाही गर्न माग गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विज्ञप्ती जारी गर्दै रोहिणी गाउँपालिकाको यही फागुन ५ गतेको कार्यपालिका बैठकमा छलफलको क्रममा गाउँपालिकाका शाखा अधिकृत, अधिकृतस्तर आठौं तह शिक्षा शाखामा कार्यरत मधु प्रसाद घिमिरेले आफ्ना विचार प्रस्तुत गर्ने सन्दर्भमा वडाअध्यक्ष खानले भौतिक रुपमा आक्रमण गरी गालीगलौज, अपशब्द र अभद्र व्यवहार गरेको हुँदा यसले समग्र रोहिणी गाउँपालिकाको कार्यवातावरणमा नकारात्मक असर परेको उल्लेख गरेका छन् ।

‘निज करम हुसेज खानका गतिविधिहरु विगतमा पनि अमर्यादित रहँदै आएको कुरा गत वर्ष आर्थिक प्रशासन शाखामा अभद्र व्यवहार गरी आर्थिक प्रशासन बन्द गर्ने र गाउँ कार्यपालिकामा कुर्सी तथा टेबल फोरी सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेको घटनाबाट पनि प्रष्ट हुन आउँछ’ विज्ञप्तीमा भनिएको छ–‘आर्थिक वर्ष २०८०–०८१ को अन्त्यमा असारको २३ गते प्राविधिक शाखामा काम गरिरहेका कर्मचारीहरुमाथि ज्यान मार्ने उद्योगले हातपात गर्दा निजहरु भागेर बचेको समेत उदाहरणहरु रहेका छन् ।’

‘जनताको अमूल्य मतद्वारा चुनिएका जनप्रतिनिधिले राष्ट्रसेवक कर्मचारीको सहयोगले जनतालाई सरल, सहज र सुरक्षित वातावरणमा सेवा प्रवाह गर्नुपर्नेमा कानूनको बर्खिलाप यी र यस्तै क्रियाकलाप गर्दा राष्ट्रसेवक कर्मचारीले तटस्थ ढंगले सेवा प्रवाह गर्न असहज महसुस गर्ने, जनता तोकिएको सेवाबाट वञ्चित हुनुपर्ने बाध्यता रहने हुँदा यी र यस्तै गैरकानूनी क्रियाकलापमा संलग्न हरकोहीलाई कानूनी दायरामा ल्याइ शान्त र भयरहित वातावरणमा सार्वजनिक सेवा प्रवाह गर्ने वातावरण मिलाइदिनुहुन सम्बन्धित सबै पक्षसँग अनुरोध गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?