ट्रेंडिंग:

>> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले

लुम्बिनी प्रदेशमा कानुनी राय तथा लिखित जवाफ सम्बन्धी प्रशिक्षण

७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

दाङ–

लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेश सरकारसँग सम्बन्धित मुद्दाहरूको प्रभावकारी प्रतिरक्षा र कानूनी रायलाई व्यवस्थित बनाउन कानूनी राय तथा लिखित जवाफ सम्बन्धी एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । प्रदेश सरकारका कानूनी पक्षलाई सुदृढ बनाउन राप्ती उपत्यका(देउखुरी)मा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
प्रदेश सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, कानुनी शाखामा कार्यरत अधिकारीहरू, संवैधानिक निकायका प्रतिनिधिहरू, जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयका कर्मचारीहरूको उपस्थिति थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले कानूनी रायको महत्वबारे प्रकाश पार्दै सरकारका कानूनी मुद्दाहरूलाई व्यवस्थित रूपमा अघि बढाउन यस प्रकारका प्रशिक्षण आवश्यक रहेको बताए । उनले कानूनी राय तथा लिखित जवाफहरूको गुणस्तर सुधार गर्न कर्मचारीहरूको ज्ञान तथा सीप अभिवृद्धि गर्नु जरुरी रहेको उल्लेख गरे ।
मुख्य न्यायाधिवक्ता यमलाल खनालले लुम्बिनी प्रदेश सरकारका सबै निकायलाई प्रयाप्त कानुनी राय उपलब्ध गराउने काम गरेको बताएका छन् ।‘सरकार विधि र पद्धतिमा संचालित हुने कुरामा, शुशासन कायम गर्ने कुरामा, योजनाहरु समयमै सम्पन्न गर्ने र समृद्धि प्राप्त गर्ने कुरामा, जनचाहना अनुसार काम गर्ने कुरामा मुख्य न्यायाधिवक्ता तत्पर छ’उनले भने,‘सबै कार्यालयका कर्मचारीले म नोकरी गर्न आएको भन्ने भावना हटाइ म देश जनताको सेवक हँु भन्ने भावना राखी काम गर्नुपर्छ ।’

त्यससँगै कानुन र मुद्धा शाखामा रहेर काम गर्ने कर्मचारीले हरेक निर्णय विधि र पद्धतिमा अघि बढाउने काममा अझै बढी जिम्मेवार र जवाफदेही बन्नुपर्ने भनाई उनको छ । यसबाट मात्र सरकारले आफ्नो योजना र लक्ष्य प्राप्त गर्नसक्ने कुरा पनि राखे ।

कानुन संग सम्बद्ध कर्मचारीले स्तरीय कानुन निर्माणकार्य र मुद्दामा लिखित जवाफ लेखनमा विशेष ध्यान दिनुपर्ने, कानुन र नजिरको गहन अध्ययन गरि प्रमाण र तथ्यको आधारमा गुणस्तर युक्त लिखित जवाफ तयार गरि सरकार लाई सफल गराउन लाग्नुपर्नेमा जोड दिइएको छ ।‘मुख्य न्यायाधिवक्ता कार्यालय सहजीकरण गर्न कर्मचारीको साथमा छ तर पदिय जिम्मेवारी बहन नगर्ने प्रति कठोर पनि छ’उनले भने,‘त्यसैले लुम्बिनी प्रदेश सरकारको योजना सफलताको लागि सबै एक भै लागौं ।’ प्रदेश सरकारका कानूनी मामिला प्रभावकारी बनाउन मुख्य न्यायाधिवक्ताको कार्यालयले निरन्तर पहल गरिरहेको, कानूनी राय दिने प्रक्रियाहरू, लिखित जवाफ तयार पार्ने विधिहरू तथा रिट सम्बन्धी अवधारणाबारे प्रशिक्षण दिनु प्रदेश सरकारको नीति कार्यान्वयनमा सहयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपन्यायाधिवक्ता डा. सूर्यप्रसाद पौडेल, सहन्यायाधिवक्ता सोमकान्त भण्डारी, उपसचिव कानुन राजेन्द्र प्रसाद अधिकारी लगायत कानूनी विशेषज्ञहरूले प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरूले कानूनी रायको सैद्धान्तिक तथा व्यवहारिक पक्ष, लिखित जवाफको गुणस्तर सुधार गर्ने उपायहरू, रिट सम्बन्धी कानूनी अवधारणा तथा कार्यविधिगत व्यवस्थाहरूबारे विस्तृत जानकारी दिएका थिए । छलफलका क्रममा प्रदेश सरकारका तर्फबाट अदालतमा पेश गरिने लिखित जवाफहरूलाई अझ प्रमाण आधारित र कानूनी रूपमा सशक्त बनाउनुपर्नेमा सहभागीहरुको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?