Butwal Today

भ्रष्टाचार र टीआरसी विधेयकविरुद्ध माओवादी केन्द्र बुटवलको खबरदारी सभा

७ फाल्गुन २०८१, बुधबार
अ+
अ-

बुटवल, ७ फागुन

माओवादी केन्द्र बुटवल उपमहानगरपालिकाको तेस्रो नगर अधिवेशनको अबसरमा खबरदारी सभा आज सम्पन्न भएको छ । पार्टी कार्यालय माझगाउँबाट सुरु भएको खबरदारी ¥याली तीनकुने, कालिकानगर, होराइजन चोक हुँदै देविनगर पुगेर चौपारीमा कोणसभामा परिणत भएको थियो ।

सभामा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणि खनाल ‘बलदेव’ र केन्द्रीय सदस्य बामदेव क्षेत्रीले भ्रष्टाचारविरुद्ध कडा धारणा राख्दै सरकारलाई टीआरसी (सत्य निरूपण तथा मेलमिलाप आयोग) विधेयकको उचित कार्यान्वयनका लागि खबरदारी गरेका छन् । नेताहरूले जनताको आवाजलाई कमजोर बनाउन नदिने चेतावनी दिंदै न्यायिक प्रक्रिया पारदर्शी बनाउन जोड दिएका थिए।

सभामा सहभागी नेता तथा कार्यकर्ताहरूले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न माग गर्दै ¥यालीमा नारा लगाएका थिए । कार्यक्रम अधिबेशन सहित पार्टी संगठन विस्तार र जनताको अधिकार सुनिश्चित गर्न आयोजना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?