ट्रेंडिंग:

>> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ

नेपालगन्जमा नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी सुरु

७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

नेपालगन्ज, ६ फागुन

नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी मंगलबारदेखि नेपालगन्जमा सुरु भएको छ । महिलाहरुले उत्पादन गरेका बस्तु प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीको नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपालका केन्द्रीय सदस्य शोभा ज्ञवालीले संयुक्त रुपमा गरे ।

नेपालगन्जको बागेश्वरी मन्दिर परिसरको चिल्ड्रेन पार्कमा सुरु भएको प्रदर्शनी फागुन १० गते सम्म चल्नेछ । प्रदर्शनीको उद्घाटन गर्दै नगर प्रमुख विष्टले स्थानीय महिलाहरुले उत्पादन गरेको वस्तुलाई महिला उद्यमी संघ नेपाल बाँकेले उत्कृष्ट ढंगले प्रवद्र्धन गरिरहेको बताए । उनले भने, ‘सबै क्षेत्रमा महिलाहरुको सहभागिता भयो भने मात्र समाजले प्रगति गर्न सक्छ । महिलाहरुलाई यस्ता अवसर महत्वपूर्ण हुन्छन् । महिलाहरुलाई उद्यमी बनाउने कार्यमा हामी सधै सकारात्मक भएर सहकार्य गर्न तयारी छ ।’

महिला उद्यमी महासंघ नेपालका केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले विन बाँकेले सधै नमुना काम गर्ने गरेको बताईन् । ‘विनको इतिहासमा बाँकेको बेग्लै योगदान छ । उनले भनिन्, –‘महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुलाई हामीले अन्तर्राष्ट्रिय स्तरमा लग्ने काम सुरु गरेका छौं । महिला उद्यममा सक्षम हुनु भनेको देशको आर्थिक विकासको आधार बलियो हुनु हो । देशको विकासमा स–साना उद्योगको महत्वपूर्ण योगदान छ ।’

विन बाँके अब युवा अवस्थामा पुगेको विन लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले बताईन् । उनले भनिन्, ‘हामीले थोरै बजेटबाट यो प्रदर्शनीको सुरुआत गरेका थियौं । सुरुआतमा सातवटा स्टलबाट सुरु भएको हो । अहिले लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीमा पुगेको छ । यसलाई अझ सशक्त बनाउन हामी सबैले मिहिनेत गर्नु पर्छ ।’

गाउँ तथा सहरमा भएका महिलाहरुलाई आफ्नो सिप, क्षमता र स्थानीय वस्तुको प्रयोग गर्दै उद्यमशील बनाउने लक्ष्य सहित यो प्रदर्शनीको आयोजना गरिएको महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा पोखरेल बस्नेतले बताइन् । उनले भनिन् –‘यो प्रदर्शनीले घरमा बसेका दिदीबहिनीहरुलाई उद्यमशिलतामा जोड्ने काम गरिरहेको छ । महिलाहरुले उत्पादन गरेका वस्तु तथा उत्पादनहरुको प्रवद्र्धन र बजारीकरणको काम गरेको छ ।’

मंगलबारदेखि सुरु भएको प्रदर्शनीको नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्वी रुकुम, सल्यानलगायतका जिल्लाहरुबाट आएका महिला उद्यमीहरुले आफ्नो उत्पादन प्रदर्शनीमा राखिएको नवौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी–२०८१ को संयोजक एवम् महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहले बताईन् । उनले भनिन्, ‘महिला उद्यमीलाई प्रतिस्पर्धाको बजारमा सशक्त बनाउन यो प्रदर्शनीले सहयोग गर्ने गरेको छ । स्थानीय उत्पादन, सीप र जनशंक्तिको प्रयोग गरेर युवाहरुलाई देशमै काम गर्ने वातावरण बनाउनु पर्छ ।’

प्रदर्शनीको मुख्य प्रायोजक केएल दुगर्ड ग्रुपका क्षेत्रीय निर्देशक प्रदिप छाजेडले महिलाहरुको उत्पादनलाई गुणस्तरीय बनाउन यस्ता प्रदर्शनी महत्वपुर्ण सावित हुने बताए । उद्योगका बारेमा नीतिगत रुपमा पनि महिलाहरुलाई जानकारी गराउनु पर्ने उनले बताए ।

प्रदर्शनीमा करिब ६० वटा स्टलमा १ सय ५० भन्दा बढी उद्यमीहरुले आफनो उत्पादन राखेका छन् । प्रदर्शनी स्टलमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाँङ, स्थानीय उत्पादन बेसार, अचार, महँ, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीका तेल, अण्डालगायतका वस्तुहरु बिक्री वितरण तथा प्रवद्र्धन गरिनेछ ।

नेपालगन्ज उप–महानगरपालिकाको सहकार्यमा सञ्चालित नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको मुख्य प्रायोजकको रुपमा केएल दुगर्ड रहेको छ भने घरेलु तथा साना उद्योग विभाग बाँकेले सहयोग गरेको छ ।

प्रदर्शनीसँगै फागुन ७ गते महिला उद्यमीहरुको समस्या, चुनौती र अवसरका बारेमा संवाद कार्यक्रमको आयोजना गर्ने आयोजकले बताएको छ । फागनु ८ गते युवा उद्यमशिलता र स्वरोजगार उत्प्रेरणा कार्यक्रम र फागुन ९ गते सफल महिला उद्यमीहरुको अनुभव आदानप्रदान र सम्मान कार्यक्रम आयोजना गरिने प्रदर्शनी संयोजक सिंहले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?