Butwal Today

हराउदै काष्ठकला संस्कृति, लोप हुदै पेशा

६ फाल्गुन २०८१, मंगलवार
अ+
अ-

पाल्पा
गुल्मीका रुरु गाउपालिका वम्घाका ७० वर्षिय शेर बहादुर चुदारा कुनै बेला कलात्मक काठका भाडा बनाउने काम गर्थे । काठका भाडा र सजावटका सामग्री बनाएर उनि नाम कमाएका थिए । आफनो परम्परागत पेशा तथा व्यवसाय बाट गुजारा चल्न छाडेपछि उनि बैकल्पिक पेशा तर्फ आर्कषण भए । गेठी, कटहर प्रजातीको रुखको ठुटाबाट मेहनत तथा कडा परिश्रमबाट मोही पार्ने ठेका, दही, दुध ठेकी, घिउ राख्ने हर्पे, अचार बनाउने आरी, तेल राख्ने चौडी बनाउने उनि त्यो पेशा चटक्कै छोडे । हाल उनि पाल्पामा ब्यवसाय गर्छन । शेर बहादुर मात्र नभई अर्घाखाचीको सितगंगा नगरको बुढीचौरका राम बहादुर चुनार पनि आफनो पुख्यौली पेशा छोडेर बिस्थापित भएका छन । परापुर्व काल देखि नै काठ बाट ठेका ठेकी बनाउनैका लागि भनेर एउटा गाउबाट अर्को टाढा टाढाका गाउबस्तीसम्म पुग्ने गर्थे । हप्ता १० दिन बास बसेर आवश्यकता अनुसार कडा मेहनत र मिहीन तवरले ठेकी ठेका, हर्पे जस्ता भाडाहरु बनाउने हो । यसरी महिनौ दिनसम्म बस्ती बस्तीमा घुम्दै काम काम गर्ने हो । मेलो पर्व आएपछि बल्ल घर जाने हो । घर जादा पनि राम्रो पैसा लैजादा परिवारका सदस्य आफन्त सबै खुसी हुने समय पनि थियो । अब यस्ता दिनहरु कथा जस्तै भएको शेर बहादुर चुदारा बताउछन् ।

पहिले गुल्मी जिल्लामा काठको काम गर्ने चुनाराको सख्या पनि धेरै थियो । त्यहाका चुदाराहरुलाई एक ढेड दशक अगाडि अगाडि सम्म सबै चुनाराहरुलाई काम भ्याइ नभ्याई थियो ।उनीहरुले आफनो रोजगारी आफै सिर्जना गरेका थिए ।
बिकासका क्रम थपिदै जादा बजारमा सस्ता सस्ता मुल्यमा पलाष्टिक वा अन्य धातुका सामानहरु मेसिन द्धारा निर्मीत कम मुल्यका भाडाहरु बजारमा आए पछि परम्परागत रुपमा चलाउदै आएका व्यवसायहरु विस्थापित हुन पुगेको गुल्मी मदाने गाउपालिकाका श्याम बहादुर चुनारा बताउछन् ।
रैनादेवी छहरा गाउपालिका वल्डेड्डगढी जोगदमारकी स्थानिय कमला कार्की पुराना पुस्ताकी हुन् ।भाइ टिकाको हप्ता १० दिन पछि गुल्मी , अर्घाखाची बाट चुनारा आएर हप्ता १० दिन गाउमा बस्दथिए । टोल छिमेक सबैका ठेका ठेकी जस्ता सामाग्रीहरु बनाउने हो । फेरी २, २वर्षको फरकमाआउने गर्द थिए उनीहरु । पहिले पहिले सबैका घर घरमा एक दुईवटा गाई भैसी दुहुना ुहुन्थ्यो । पछिल्लो समयमा भैसी पाल्ने दुध खाने भन्ने प्रचलन पनि कम हुदै गयो । अनि यस्ता सामानहरुको प्रयोग पनि कम हुदै गएकाले उनीहरु यस पेशा तथा रोजगारी बाट विस्थापित हुन पुगेको उनी आफनो अनुभव सुनाउछिन् ।

गुणस्तर र स्वादका सवालमा दुध ,दही,मही,घिउ काठ कै भाडामा राखेको मिठो हुन्छ । बजारमा पाइने पलाष्टिक, स्टिल ,गिल्टीमा छिट्टै बिग्रने गर्दृछ तर सजिलो र सस्तोको लागि बजारमा पाइने भाडाको नै प्रयोग गरेकी रिब्दीकोट गाउपालिका ख्याहाकी बाल कुमारी पोखरेल बताउछिन् ।पहिला पहिला गाउमा ठेका ठेकी ,हर्पे बोकेर बिक्रीका लागि आउने र गर्दथिए तर आजभोलि आउनै छाडेको उनी बताउछिन् । काष्ठ कला हाम्रो पहिचान हो यसलाई जोगाउनु पर्दछ भनेर राजनैतिक दलका नेताहरु भाषण मात्र गर्दछन् काम गर्दैनन्। त्यसैले गर्दा काठका भाडाहरु बिक्री हुन छाडेको उद्यमीहरु बताउछन् । मेसिन बाट बनाइएका सामानहरु सस्तो हुन्छ हामीलाई साना साना सामान बनाउन पनि उत्तिकै मेहनत लाग्दछ । चार पाथी मही जाने ठेको बनाउन तिन जना लाई दिनभर लाग्दछ । साना साना त एकै घण्टामा पनि तयार गर्न सकिन्छ । साना साना ठेकीहरुको मुल्य १ हजार देखि ८ हजार रुपैया सम्मका आफैले तयार गर्ने गरेको वम्घाका शेर बहादुर चुदारा बताउछन्। गत वर्ष सम्म आफनै घरमा जसोतसो बनाएको तर यस वर्ष शुन्य नै भयो । घर परिवारका सदस्यले पनि मेहनत अनुसारको रकम नआउने हुदा काम नगर्न भनेकाले खेति किसानीमा जोड दिन लागेको उनी बताउछन् ।

नेत्र बहादुर नया पुस्ताका युवा हुन् । आफनो बाबु बाजेले कटहर, गिठीको काठको ठुटा बाट ठुलो सख्यामा ठेका ठेकी,हेर्पे जस्ता सामानहरु बनाउने गरेको आफनो मानस पटलमा ताजै रहेको बताउदै उनी भन्दछन् बाबु बाजेको पेशा तथा व्यवसायलाई निरन्तता दिन कहिल्यै सोच नै भएन । बाबु बाजेले प्रयोग गरेका सामानहरु उनीहरुका दमालीलाई नै हस्तान्तरण गरेको बताउदै मेहनत अनुसारको बजारमा बिक्री नहुने हुदा त्यस तर्फ ध्यान नदिएको उनी बताउछन्। काठका सामानहरु जस संग छ त्यही नै हो अबन या बन्नु र बनाउने भनेको अत्यन्तै कम मात्रामा हो । गुल्मी र अर्घाखाचीमा पुराना पुस्ता बुढा भए । नयाले त्यस तर्फ ध्यानै दिएनन् । सिप भएकाहरु पनि बिक्री हुन छाडे पछि बनाउन पनि छाडेको राम बहादुर चुदारा बताउछन् ।