ट्रेंडिंग:

>> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो

राष्ट्रियस्तरको भलिबल रोल्पामा

६ फाल्गुन २०८१, मंगलवार
६ फाल्गुन २०८१, मंगलवार

रोल्पा, ५ फागुन
रोल्पामा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने भएको छ । सनस्टार युवा क्लव नामक गैर सरकारी संस्थाले सो प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता यही फागुन १० देखि १४ गतेसम्म सदरमुकाम लिवाङमा आयोजना हुन लागेको हो । प्रतियोगितामा विजेता टिमले ५ लाख रूपैयाँसहित सन–स्टार ट्रफी जित्नेछन । उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रूपैयाँ जित्नेछन । सान्त्वना हुने टिमलाई ५० हजार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डरलगायत विधागत उत्कृष्टलाई पनि नगद पुरस्कार प्रदान गरिने सन स्टार युवा क्लव रोल्पाका अध्यक्ष पूर्ण केसीले जानकारी दिए  ।

क्लबको १३ औँ वार्षिकोत्सवको अवसरमा सरकारद्वारा राष्ट्रिय खेलको मान्यता प्रदान गरेको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजकको भनाई छ । प्रतियोगितामा ३ विभागीय टीम, ७ वटा प्रदेश टिम र आयोजक गरी ११ वटा टीमको उपस्थिति रहने आयोजकको भनाई छ । क्लवले करिब १० वर्षअघि पहिलो संस्करणको रूपमा राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता आयोजना गरेको थियो । यो उसको दोश्रो संस्करण हो ।

सोही अवसरमा जिल्लास्तरीय खुला महिला भलिबल प्रतियोगिता समेत आयोजना हुने वताइएको छ ।। स्थानीय तह वीच प्रतिस्पर्धा हुने सो प्रतियोगितामा स्थानीय तहको सिफारिसमा सहभागी महिला टोलीबीच प्रतिस्पर्धा हुनेछ । सो प्रतियोगितामा विजेता टिमले ५५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन । उपविजेता टिमलाई ३५ हजार, तेस्रो हुने टिमलाई १५ हजार र चौंथो हुने टिमलाई १० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकको भनाई छ । सो अवसरमा विभिन्न सांस्कृति कार्यक्रमका साथमा राष्ट्रिय स्तरको खेलको आयोजना गरिन लागेपछि रोल्पाका खेलाडीहरूमा उत्साह देखिएको छ ।

‘रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि’ भन्ने नारा दिइएको प्रतियोगिताले जिल्लाको खेलकुद र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ । यस कार्यक्रमबाट रोल्पाको विभिन्न पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने अपेक्षा गरेका छौ क्लवका अध्यक्ष पूर्ण केसीले भने । गैर सरकारी स्तरबाट आयोजना गरिएको यस्तो बृहत खेलकुदमा जिल्लाका सबै राजनैतिक दलहरू,जनप्रतिनिधिहरू, स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार एवं रोल्पा स्थित सबै व्यवसायीहरू, स्वदेश तथा विदेशमा रोजगारीमा रहेर काम गर्ने व्यक्तित्वहरूबाट आर्थिक, भौतिक तथा नैतिक सहयोग प्राप्त भईरहेको अध्यक्ष केसीको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?