© २०२३
बुटवल, ६ फागुन ।
बुटवलमा जारी मेयर कप छात्र/छात्रा प्रतियोगिता अन्तर्गत मंगलबार ११ वटा खेलहरु सम्पन्न भएका छन । जवई खेल मैदानमा भएका छात्रातर्फको खेलहरुमा कान्ति माबि, कालिका माबि, ज्ञानोदय माबि बिजयी भएका छन । चारपाला खेल मैदानमा भएको छात्रातर्फको खेलमा कान्ति माविले नहरपुर माविलाई १—० गोल अन्तरले पराजित गरेको छ । कान्तिका जितमा प्रिया गौतमको गोल नै निर्णायक बन्न पुगेको थियो । अर्को खेलमा कालिका माविले ४—० गोल अन्तरसहित अक्सफोड माविलाई पराजित गरेको छ । कालिकाको जितमा कृति पराजुलीले २ गोलसहित अन्य दुई खेलाडीले गरे । यस्तै छात्रा तर्फकै अर्को खेलमा ज्ञानोदय मा.बिले क्यानन मा.बि.लाई १—० गोल अन्तरले पराजित गरेको छ । छात्रातर्फ ने जबई खेलमैदान भएको खेलमा नविन औद्योगिक मा.बिले प्रगती मा.बिलाई २—० गोल अन्तरले पराजित गरेको छ ।
जवई मैदानमै भएको छात्र तर्फको प्रगती मा.बिले रम्भादेवी मा.बिलाई ट्राईब्रेकरमा ४—३ गोलअन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुबैतर्फबाट १—१ को बराबरी गोल भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । यसैगरि अर्को खेलमा सरस्वती आधारभुत बिद्यालयले लुम्बिनी बोर्डिङ्ग स्कुललाई २—० गोल अन्तरले पराजित गरेको छ । छात्रतर्फको अर्को खेलमा अक्सफोर्ड मा.बिले नहरपुर मा.बिलाई ७—० गोलको भारी अन्तरले पराजित गरेको छ ।
उता चारपाला खेलमैदानमा भएको छात्रतर्फ नवरत्न मा.बिले सिद्देश्वरी मा.बिलाई २—१ गोल अन्तरले पराजित गरेको छ । यसैगरि सरस्वती मा.बिले बुटवल ग्लोरी स्कुललाई २—० गोल अन्तरले पराजित गरेको छ । यसैगरि अर्को खेलमा स्कलर्स होमले उजिरसिंह मा.बि.लाई ३—० गोल अन्तरले पराजित गरेको छ । यसैगरि कान्ति मा.बिले कालिका माबिलाई १—० गोल अन्तरले पराजित गरेको छ ।
बुधबार चारपाला खेल मैदानमा नविन औद्योगिक मा.बि र नवरत्न मा.बि बिच र सरस्वती मा.बि र त्रिभुवन युनाईटेड स्कुल बिच दुईवटा खेल हुने नगर खेलकुद बिकास समिति सदस्य तथा प्रचार प्रसार संयोजक संयोजक सुनिता गिरीले बताईन । जवई मैदानमा ज्ञानोदय मा.बि र मोतीपुर मा.बि, प्रगती मा.बि र न्यू होराईजन स्कुल, सरस्वती मा.बि र नयाँगाउ मा.बि बिच खेल हुने आयोजक समितिका सदस्य ईश्वर गुरुङ्गले बताए ।