ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

ब्राह्मणवाद र जातीयताको सन्दर्भमा बौद्ध शिक्षा

६ फाल्गुन २०८१, मंगलवार
६ फाल्गुन २०८१, मंगलवार

ब्राह्मणको सन्दर्भ र गलत बुझाई
ऋग्वेदको दशौं अध्यायमा ब्रम्हाबाटै सारा जगतको सृष्टि भएको उल्लेख छ । पुरुषको मुखबाट ब्राह्मण, उनका हातहरूबाट क्षेत्री, तिघ्राबाट वैश्य र खुट्टाबाट शूद्र उत्पन्न भएको कुरा उल्लेख गरिएको छ । गीतामा ब्राह्मण, क्षेत्री र बैश्यको सेवा गर्नु नै शुद्रको धर्म हो भनिएको छ । महाभारतमा शुद्र कहिल्यै राजा बन्न सक्दैन भन्ने उल्लेख छ । हिन्दू ग्रन्थ मनुस्मृति ले पनि जातीय व्यवस्थालाई प्रश्रय दिएको छ । तत्कालीन समयमा जातीयताको आधारमा कामको बाँडफँड गरिन्थ्यो । ब्राह्मणको काम अध्ययन, अध्यापन र पूजापाठ गर्ने हुन्थ्यो भने युद्ध कौशलमा सङ्लग्न हुने काम क्षेत्रीको हुन्थ्यो । त्यसैगरी वैश्यको काम भनेको व्यापार र कृषि पेशा अगाल्ने र कुनै पनि कार्यमा इच्छा नगर्ने सेवागत भावना भएका शूद्रहरू मानिन्थे ।
तत्कालीन समयमा वर्णव्यवस्था श्रम विभाजनसँग सम्बन्धित थियो र वैदिक युगमा समाजमा कार्य विभाजन गरी सामाजिक गतिविधि अघि बढाउन यो व्यवस्था लागू गरिएको थियो । वर्ण व्यवस्था क्षमता, दक्षता र गुणका आधारमा निर्धारित थियो । तर, पछि यसलाई जन्मसिद्ध बनाइयो । वर्ण व्यवस्था मनुका युगपछि यतिसम्म विषाक्त हुन पुग्यो कि ब्राह्मणका सन्तान ब्रह्मकर्म तथा ब्रह्मज्ञान बिना नै ब्राह्मण, क्षत्रीयमा हुने गुणहरू बिना नै क्षत्रीय अनि उद्योग, व्यावसाय केही नगरी सुती खाने नै वैश्य हुन पुगे । तत्कालीन समयमा ब्राह्मणको जन्म ब्रम्हाको मुखबाट भएको हो र उनीहरू उच्च जातका हुन् भन्ने मान्यतासहति कर्मकाण्ड र जातीय विभेदले चरमोत्कर्ष लिएको बेला बुद्धले सम्पूर्ण मानव जातिको निर्वाणको लागि शिक्षा दिँदै थिए । बुद्धका अनुसार कोही पनि जन्मका आधारमा उच्च नीच वा ब्राह्मण हुँदैन, ब्राह्मण हुन उसले सुकर्म गरेको हुनुपर्दछ ।

ब्राह्मणको वास्तविक अर्थ
यदि ब्राह्मणको जन्म ब्रम्हाको मुखबाट भएको हो भने उनीहरूका पत्नीहरू रजस्वला हुन्छन् । गर्भवती हुन्छन् । बच्चा जन्माउँछन् र दुध खुवाउँछन् । उनीहरू पनि ब्राह्मणी हुन् । उनीहरूका सन्तान पनि ब्राह्मण मानिन्छन् । यदि ब्राह्मणलाई पवित्र मान्ने हो र उच्च कूलको ठान्ने हो भने त सबै ब्राह्मण ब्राह्मणीहरूको जन्म मुखबाटै हुनु पर्ने हो । त्यसैले यो तर्क गलत मात्र होइन मुर्खपूणर््ा पनि छ । बुद्धको मान्यतामा मानिस कोही पनि उच्च र नीच जातको हुँदैन । ब्राह्मण त कर्मले हुन्छ । जन्मका आधारमा ब्राह्मण सिद्ध होइदैन भन्ने मान्यता बुद्धको थियो, जसलाई तत्कालीन समयमा जातीय छुवाछुत र विभेदको विरुद्ध एउटा नवीन क्रान्ति मान्न सकिन्छ ।

बौद्ध धर्मले अस्वीकार गरेको ब्राह्मणवाद र जातीयताको सन्दर्भमा
संयुक्त राष्ट्रसंघद्वारा १९४८ मा जारी गरिएको सार्वभौम मानव अधिकार घोषणाको धारा २ मा मानिस मानिसबीच कुनै पनि किसिमको भेदभाव नगर्ने अधिकारको व्यवस्था गरेको छ । यसमा धर्म, जात, लिंग, भाषा, राजनीति वा अन्य कुनै आधारमा भेदभाव नगरी सबैलाई समान अधिकार प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्रावधानले समानताको सिद्धान्तलाई प्राथमिकता दिन्छ, जुन बुद्धले आजभन्दा २६०० वर्षअधि नै प्रस्तुत गरेका थिए । बुद्धको कैयौँ सुत्त र धर्म देशनाहरूमा समाजमा भएका विकृति तथा विसङ्गति विरुद्धको आवाज र सन्देश प्रवाह भएको पाइन्छ । वसल सूत्रमा उच्च र नीच के हो भन्ने बारे यस्तो गाथा रहेको छः–
न जच्चा वसलो होति, न जच्चा होति ब्राह्मणो ।
कम्मुना वसलो होति, कम्मुना होति ब्राह्मणो ।।
अर्थात् जन्मले कोही पनि निच हुँदैन । न त जन्मले कोही उच्च नै हुन्छ, कर्मले नै निच हुन्छ र कर्मले नै उच्च हुन्छ । बौद्ध धर्ममा अर्हत् प्रप्तीका निम्ति प्राणीहरूमध्ये मानव योनि सबैभन्दा उत्कृष्ट मानिन्छ । यहाँ मानवयोनिलाई उत्कृष्ट मानिएको हुँदा बौद्ध धर्ममा जात वा लिङ्गका आधारमा विभेद गरिएको देखिँदैन । त्यसैले जन्मका आधारमा कोही ब्राह्मण वा कोही शुद्र हुँदैन ।

बौद्ध धर्म र जातीयताको सन्दर्भ
बौद्ध धर्ममा जातीय एवम् लैङ्गिक असमानताजस्ता कुराहरूलाई महत्व दिइदैन । त्रिपिटकमा सङ्ग्रहित विभिन्न सूत्तमा जातिवादको औचित्यता नरहेको कुरा प्रष्ट उल्लेख गरिएको छ । मुख्यतः अम्बट्ठ, एसुकारी, वासेट्ट, वसल, सुन्दरिक भारद्वाज, सोणदण्ड सूत्तहरूले बौद्ध धर्ममा जातीयवादको विरोध गरेका छन् भने ब्राह्मण वर्गको सर्वोच्चताको अनौचित्य प्रष्ट्याएको छन् । तल्लो जातका भनिएका सुुमित हुन् वा शूद्र जातकी प्रकृति हुन् । बुद्धले जातपात नहेरी भिक्षु भिक्षुणी बनाए । यस प्रकार समग्र मानवलाई एकै जातीको रूपमा मान्ने बुद्धले कसैलाई विभेद गरेनन् र विभेद गर्नु हुँदैन भन्ने शिक्षा पनि दिए । जातीयताको विभेद नभएकै कारण बौद्ध धर्मको लोकप्रियता बढ्दै गएको छ ।
उहाँले तत्कालीन समाजमा तल्लो जातका रूपमा लिइएका उपालि, सुमित लगायतका थुप्रैलाई भिक्षु बनाएका थिए । शाक्यहरूभन्दा पछि आएका उपालिलाई पहिले भिक्षु बनाउनुको तात्पर्य पनि माथिल्लो जाति भनिएका शाक्यहरूको जातीय अभिमान तोड्नु थियो । विनयपिटकको सङ्कलन यिनै भिक्षु उपालिकै देन हो ।

बौद्ध धर्ममा कर्मलाई बढी जोड दिइएको छ । मानिसले ढिलो चाँडो कर्मको फल प्राप्त गर्ने भएकाले आफ्नो चित्त शद्ध बनाउँदै असल कर्म गर्नुपर्ने कुरामा बौद्ध धर्मले प्राथमिकता दिन्छ । बौद्ध धर्ममा ईश्वरको सत्तालाई स्विकारिएको छैन । बौद्ध शिक्षामा मानिस आफ्नै कर्मको माध्यमबाट निर्वाणसम्म पुग्ने भएकाले मध्यमार्गलाई अपनाउने शिक्षा दिइन्छ ।
बौद्धकालमा वैदिक धर्ममा विचलन आएको थियो । हत्या हिंसा, बलीप्रथा र जातीय विभेद एवम् कर्मकाण्डले चरम रूप लिइरहेको थियो । त्यसैले बुद्धले त्यसको खुलेर विरोध गरे । अहिंशा, शान्ति, मध्यमार्ग र मानव जातको रूपमा एक जातलाई मान्ने भएकाले तत्कालीन समयमा बुद्ध धर्मका अनुयायीहरू पनि बढ्दै गएका हुन् । यो क्रम अहिले पनि व्याप्त छ ।

बुद्धले एक शाक्य युवालाई जातिवादको भ्रम हटाइदिएको प्रसङ्ग त्रिपिटकको सुत्त पिटक अन्तर्गतको ‘अम्बट्ठ सुत्त’ मा पाइन्छ । यसरी नै श्रावस्तीस्थित जेतवन विहारमा बुद्ध र एसुकारी नामका एक ब्राह्मण बीच भएको संवाद ‘एसुकारी सुत्त’मा संकलित छ । बुद्धले निकै तार्किक रूपमा जातिवादको अनौचित्यता सावित गरेका थिए । त्रिपिटकमा जातिवयता सम्बन्धी यस्ता अनेकौं सूत्र र तल्लो जात भनिएकाहरूलाई भिक्षु बनाई कुनै मानिस ठूलो जात र सानो जातको हुँदैन भनेर सन्देश दिएका घटनाहरू यत्रतत्र पाइन्छन् । आधुनिक युगमा आइपुग्दासमेत जातीय समानताको पक्षमा वकालत गरेको हुँदा बौद्ध धर्मलाई अहिले अक्षुत मानिएका अधिकांशले अपनाएका छन् । डा. अम्बेडकरले त लाखौँ अक्षुतहरूलाई एकै पटक बौद्ध धर्ममा प्रवेश गराएका थिए । उनले हिन्दू धर्मका जातीय विभेदकारी व्यवस्थाको खुलेरै विरोध गरे । बुद्धले संघमा प्रवेश गर्न जातीय मान्यतालाई ठाउँ दिएनन् । ब्राह्मण त जन्मका आधारमा नभई कर्मका आधारमा हुने उनको तर्क थियो । यस प्रकार जातीय भेदभावको परम्पराको विरोध गर्दै बुद्धले कर्मको सिद्धान्तलाई प्रस्तुत गरे, जुन समानता र मानव अधिकारको पक्षमा रहेको मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?