ट्रेंडिंग:

>> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै

त्रिविकाे वार्षिक क्यालेन्डर कडाईका साथ कार्यान्वयन गरिने

६ फाल्गुन २०८१, मंगलवार
६ फाल्गुन २०८१, मंगलवार

काठमाडौं, ६ फागुन ।

शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा मंगलबार त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयका पदाधिकारीहरूबीच छलफल भएको छ। बैठकमा त्रिविको वार्षिक क्यालेण्डर कार्यान्वयन, स्ववियु निर्वाचन व्यवस्थापन, समकक्षता समयमै दिने र परीक्षाफल प्रकाशन तथा ट्रान्सक्रिप्ट वितरणलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

त्रिविको वार्षिक क्यालेण्डरलाई कडाइका साथ कार्यान्वयन गर्ने र यसका लागि आवश्यक परे जनशक्ति व्यवस्थापन गर्ने सहमति भएको छ । आंगिक क्याम्पसहरूलाई पनि अनिवार्य रूपमा क्यालेण्डर कार्यान्वयन गर्ने सहमति भएको छ ।

स्ववियु निर्वाचनलाई मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा पनि छलफल भएको छ। आगामी चैत ५ गते निर्वाचन गर्ने निर्णय भएको छ। क्याम्पसहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र निर्वाचन सम्पन्न गर्ने, निर्वाचन स्थगित भएमा १५ दिनभित्र पुनः निर्वाचन गर्नुपर्ने तथा मन्त्रालय र विश्वविद्यालयबीच सीधा सम्पर्क कायम गरी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापन गर्ने सहमति भएको छ ।

समकक्षताको प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन सफ्टवेयरहरूको एकीकरण गर्ने र आवश्यक परे जनशक्ति थप गर्ने साथै विद्यार्थीलाई सुविधाका लागि अनलाइनबाटै आवेदन दिन सकिने र कम समयमै प्रमाणपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाउन आवश्यक व्यवस्था गर्ने सहमति भएको छ ।

परीक्षाफल प्रकाशन र ट्रान्सक्रिप्ट वितरणलाई पनि समयमै गर्ने व्यवस्था मिलाइने भएको छ। पढाइ सकिएकै वर्षमा प्रमाणपत्र उपलब्ध गराउने र अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल आवेदन दिन सकिने व्यवस्था गर्ने सहमति भएको छ । परीक्षा सुधारका लागि उच्चस्तरीय समिति गठन गर्ने र उक्त समितिले विश्वविद्यालय अनुदान आयोगले गरेको लगानीको अवस्था अध्ययन गरी सुधारका लागि सुझाव दिने निर्णय भएको छ यसका साथै समितिले सफ्टवेयरको एकीकरणका विषयमा पनि राय दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?