ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

हराउदै काष्ठकला संस्कृति, लोप हुदै पेशा

६ फाल्गुन २०८१, मंगलवार
६ फाल्गुन २०८१, मंगलवार

पाल्पा
गुल्मीका रुरु गाउपालिका वम्घाका ७० वर्षिय शेर बहादुर चुदारा कुनै बेला कलात्मक काठका भाडा बनाउने काम गर्थे । काठका भाडा र सजावटका सामग्री बनाएर उनि नाम कमाएका थिए । आफनो परम्परागत पेशा तथा व्यवसाय बाट गुजारा चल्न छाडेपछि उनि बैकल्पिक पेशा तर्फ आर्कषण भए । गेठी, कटहर प्रजातीको रुखको ठुटाबाट मेहनत तथा कडा परिश्रमबाट मोही पार्ने ठेका, दही, दुध ठेकी, घिउ राख्ने हर्पे, अचार बनाउने आरी, तेल राख्ने चौडी बनाउने उनि त्यो पेशा चटक्कै छोडे । हाल उनि पाल्पामा ब्यवसाय गर्छन । शेर बहादुर मात्र नभई अर्घाखाचीको सितगंगा नगरको बुढीचौरका राम बहादुर चुनार पनि आफनो पुख्यौली पेशा छोडेर बिस्थापित भएका छन । परापुर्व काल देखि नै काठ बाट ठेका ठेकी बनाउनैका लागि भनेर एउटा गाउबाट अर्को टाढा टाढाका गाउबस्तीसम्म पुग्ने गर्थे । हप्ता १० दिन बास बसेर आवश्यकता अनुसार कडा मेहनत र मिहीन तवरले ठेकी ठेका, हर्पे जस्ता भाडाहरु बनाउने हो । यसरी महिनौ दिनसम्म बस्ती बस्तीमा घुम्दै काम काम गर्ने हो । मेलो पर्व आएपछि बल्ल घर जाने हो । घर जादा पनि राम्रो पैसा लैजादा परिवारका सदस्य आफन्त सबै खुसी हुने समय पनि थियो । अब यस्ता दिनहरु कथा जस्तै भएको शेर बहादुर चुदारा बताउछन् ।

पहिले गुल्मी जिल्लामा काठको काम गर्ने चुनाराको सख्या पनि धेरै थियो । त्यहाका चुदाराहरुलाई एक ढेड दशक अगाडि अगाडि सम्म सबै चुनाराहरुलाई काम भ्याइ नभ्याई थियो ।उनीहरुले आफनो रोजगारी आफै सिर्जना गरेका थिए ।
बिकासका क्रम थपिदै जादा बजारमा सस्ता सस्ता मुल्यमा पलाष्टिक वा अन्य धातुका सामानहरु मेसिन द्धारा निर्मीत कम मुल्यका भाडाहरु बजारमा आए पछि परम्परागत रुपमा चलाउदै आएका व्यवसायहरु विस्थापित हुन पुगेको गुल्मी मदाने गाउपालिकाका श्याम बहादुर चुनारा बताउछन् ।
रैनादेवी छहरा गाउपालिका वल्डेड्डगढी जोगदमारकी स्थानिय कमला कार्की पुराना पुस्ताकी हुन् ।भाइ टिकाको हप्ता १० दिन पछि गुल्मी , अर्घाखाची बाट चुनारा आएर हप्ता १० दिन गाउमा बस्दथिए । टोल छिमेक सबैका ठेका ठेकी जस्ता सामाग्रीहरु बनाउने हो । फेरी २, २वर्षको फरकमाआउने गर्द थिए उनीहरु । पहिले पहिले सबैका घर घरमा एक दुईवटा गाई भैसी दुहुना ुहुन्थ्यो । पछिल्लो समयमा भैसी पाल्ने दुध खाने भन्ने प्रचलन पनि कम हुदै गयो । अनि यस्ता सामानहरुको प्रयोग पनि कम हुदै गएकाले उनीहरु यस पेशा तथा रोजगारी बाट विस्थापित हुन पुगेको उनी आफनो अनुभव सुनाउछिन् ।

गुणस्तर र स्वादका सवालमा दुध ,दही,मही,घिउ काठ कै भाडामा राखेको मिठो हुन्छ । बजारमा पाइने पलाष्टिक, स्टिल ,गिल्टीमा छिट्टै बिग्रने गर्दृछ तर सजिलो र सस्तोको लागि बजारमा पाइने भाडाको नै प्रयोग गरेकी रिब्दीकोट गाउपालिका ख्याहाकी बाल कुमारी पोखरेल बताउछिन् ।पहिला पहिला गाउमा ठेका ठेकी ,हर्पे बोकेर बिक्रीका लागि आउने र गर्दथिए तर आजभोलि आउनै छाडेको उनी बताउछिन् । काष्ठ कला हाम्रो पहिचान हो यसलाई जोगाउनु पर्दछ भनेर राजनैतिक दलका नेताहरु भाषण मात्र गर्दछन् काम गर्दैनन्। त्यसैले गर्दा काठका भाडाहरु बिक्री हुन छाडेको उद्यमीहरु बताउछन् । मेसिन बाट बनाइएका सामानहरु सस्तो हुन्छ हामीलाई साना साना सामान बनाउन पनि उत्तिकै मेहनत लाग्दछ । चार पाथी मही जाने ठेको बनाउन तिन जना लाई दिनभर लाग्दछ । साना साना त एकै घण्टामा पनि तयार गर्न सकिन्छ । साना साना ठेकीहरुको मुल्य १ हजार देखि ८ हजार रुपैया सम्मका आफैले तयार गर्ने गरेको वम्घाका शेर बहादुर चुदारा बताउछन्। गत वर्ष सम्म आफनै घरमा जसोतसो बनाएको तर यस वर्ष शुन्य नै भयो । घर परिवारका सदस्यले पनि मेहनत अनुसारको रकम नआउने हुदा काम नगर्न भनेकाले खेति किसानीमा जोड दिन लागेको उनी बताउछन् ।

नेत्र बहादुर नया पुस्ताका युवा हुन् । आफनो बाबु बाजेले कटहर, गिठीको काठको ठुटा बाट ठुलो सख्यामा ठेका ठेकी,हेर्पे जस्ता सामानहरु बनाउने गरेको आफनो मानस पटलमा ताजै रहेको बताउदै उनी भन्दछन् बाबु बाजेको पेशा तथा व्यवसायलाई निरन्तता दिन कहिल्यै सोच नै भएन । बाबु बाजेले प्रयोग गरेका सामानहरु उनीहरुका दमालीलाई नै हस्तान्तरण गरेको बताउदै मेहनत अनुसारको बजारमा बिक्री नहुने हुदा त्यस तर्फ ध्यान नदिएको उनी बताउछन्। काठका सामानहरु जस संग छ त्यही नै हो अबन या बन्नु र बनाउने भनेको अत्यन्तै कम मात्रामा हो । गुल्मी र अर्घाखाचीमा पुराना पुस्ता बुढा भए । नयाले त्यस तर्फ ध्यानै दिएनन् । सिप भएकाहरु पनि बिक्री हुन छाडे पछि बनाउन पनि छाडेको राम बहादुर चुदारा बताउछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?