ट्रेंडिंग:

>> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ

ट्रक व्यवसायीको माग सम्बोधनमा ढिलाई

६ फाल्गुन २०८१, मंगलवार
६ फाल्गुन २०८१, मंगलवार

नेपालका ट्रक व्यवसायीहरूले भारतीय मालवाहक ट्रकका कारण पेशा व्यवसाय नै विस्थापित हुने अवस्थामा पुगेको भन्दै धेरैपटक सरकारको ध्यानाकर्षण गराएका छन । जिल्ला प्रशासन कार्यालयामार्फत दर्जनौंपटक भारतीय मालबाहक ट्रक रोक्न माग गरेका छन तर समस्या समाधानमा नेपाल सरकारले कुनै सुनुवाई गरेको छैन । नेपालको सडकको भार क्षमता भन्दा बढी भार बोकेर आउने भारतीय ट्रकका कारण नेपालका सडक र पुल त्यसैपनि ध्वस्त भैरहेका छन् । सरकारले भारतीय ट्रकलाई बन्देज लगाउन सकिरहेको छैन भने स्थानीउ प्रशासनले पनि क्षमता बढी भारबहन गर्ने ट्रकमाथि कारवाही गर्न सकेको अवस्था छैन । यस्तो लाग्छ– नेपालको सडकमाथि भारतको एकाधिकार छ । नेपाली ट्रक व्यवसायी पीडामा छन । त्यसैपनि कोरोनाका कारण सुस्ताएको आर्थिक गतिविधिले व्यवसायी मारमा परेको अवस्थामा भारतीय ट्रकले ढुवानी गरिदिँदा चुनौति थपिएको छ । अर्कोतर्फ नेपालका सडक र पुल कामै नलाग्ने गरी भासिदै गएका छन । यसले नेपाललाई कालान्तरमा ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था आउन सक्छ । यो गंभीर बिषयमा अहिलेदेखि नै नसोच्ने हो भने समस्या बल्झिने छ । केही महिना अघि बुटवल नारायणगढ सडक खण्डको लोकाहामा भारतीय ट्रककै कारण पुल दबियो । अहिले डाईभर्सन गरेर सवारी आवागमन भैरहेको छ । बुटवलदेखि नारायढागढसम्मका धेरै स्थानमा बनेका नयाँ पुलले भारतीय ट्रकले बोक्ने ओभरलोड धान्न सक्दैनन् । तत्काल धानीहालेपनि पछि ती जोखिममा पर्ने निश्चित छन् । त्यसैगरी अरू दर्जनौं पुलहरू जोखिममा पर्दै गएका छन । वुटवलदेखि कपिलवस्तुसम्मको क्षेत्रमा रहेका करिव दुई दर्जन बढी पुलहरूको अवस्था उस्तै छ । त्यसैपनि राष्ट्रिय राजमार्गका पुल आजभन्दा करिव ६० बर्षअघि निर्माण भएका हुन । हरेक बर्ष नदी गहिरिने क्रम बढेकाले अहिले भइरहेको मर्मत र संरक्षणको कामले पुलको आयुबारेमा नै सडक विभागका अधिकारीहरू नै ढुक्क हुने अवस्था छैन । ढुंगागिट्टी निकासीले नदीको बहावको स्वरूप नै परिवर्तन भएकाले प्राविधिकहरूले पुलको जोखिम अझै बढ्दै जाने बताउने गरेका छन् ।

बर्षायाममा नदी बेगले बग्छ भने पहिले भन्दा साँघुरो बहाव क्षेत्र भएकाले गहिरिने क्रम झन बढेकाले पुल जोखिममा पर्दै गएको प्राविधिकहरूको विश्लेषण छ । अहिले पुलहरू त्यसै कमजोर बनेका छन् । यस्ता धेरै खालका समस्या सतहमा देखिएका छन् । कमजोर पुल मर्मतका लागि भन्दै सरकारले करोडांै लगानी गरिसकेको छ । तर, सरकारले लगानी गर्दै जाने र भारतीय ट्रकले पुल र सडक कमजोर बनाउँदै जाने अवस्थाले नेपाललाई दूरगामी असर र प्रभाव पर्ने निश्चित छ । यही अवस्था हो भने आगामी दिनमा अहिले भन्दा धेरै गुणा पैसा जोखिम व्यवस्थापनमा खर्च गर्नुपर्ने बाध्यता छ । बुटवल नारायणगढ सडक खण्डमा धेरै नयाँ पुल वनेका छन तर ती पुलको अवस्था पनि त्यस्तै हुने निश्चित जस्तै छ । किनभने भारतीय ट्रकले क्षमता भन्दा धेरै बढी भार बोक्ने काम रोकिएको छैन । बरु झनै ठूला लरी र ट्रक निर्वाध चलिरहेका छन । यसले आगामी दिनमा ठूलो चुनौति निम्त्याउने अवस्था छ । नेपाली ट्रक तथा यातायात व्यवसायीको माग पूरा गर्नेतर्फ सरकारले ध्यान दिने हो भने तत्काल भारतीय ट्रकले बोक्ने अधिक भार नियन्त्रण गरियोस् । नेपालका सडकमा भारतीय मालबाहक ट्रकले ढुवानी गर्दा नेपालका ट्रक तथा यातायात व्यवसायी ठूलो मारमा परेकोले सरकारको ध्यान जाओस् । अहिलेपनि समय छ– सम्वन्धित निकाय अर्थात स्थानीय जिल्ला प्रशासन कार्यालयको यस विषयमा गंभीर ध्यान जानु जरुरी छ । खासगरी भैरहवा भन्सारको बाटो हुँदै नेपाल प्रवेश गर्ने ट्रक तथा लरीलाई सिमा क्षेत्रमै भारबहन क्षमता जाँच गरि बढी भार बोक्ने साधन सञ्चालनमा बन्देज लगाउनेतर्फ तत्काल ध्यान जाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?