ट्रेंडिंग:

>> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु

अदभुत पिठशक्ति शिवलिंगा : १ इन्चबाट ४ फिट पुग्यो

५ फाल्गुन २०८१, सोमबार
५ फाल्गुन २०८१, सोमबार

चन्द्रौटा (कपिलवस्तु), ४ फागुन ।
‘स्थानीय महटिनिया बाटोमा हिँड्दा खुट्टामा किन ठेस लाग्यो, भनेपछि आफ्नो काम गर्ने मान्छे बोलाइ शिवलिंगा खनाएर लैजान खोज्दा भाले बस्यो । शिवलिंगा बैल गाडी (लरहिया) मा हालेर लैजान खोज्दा गोरु मरेका थिए । बिहान भयो, र उनीहरू यहि छोडेर गएका थिए । बिहान भएपछि स्थानीयले देखेर यहि स्थानमा शिवलिंगा स्थापना गरियो । पछि गाउँले मिलेर मन्दिर निर्माण गयौँ,’ केउँ थारुले भने ।

कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर–३ स्थित बोक्टापुरमा एक अनौठो शिवलिंगाको चर्चा अहिले स्थानीय तथा टाढा–टाढाका भक्तजनहरूबीच चुलिएको छ । स्थानीय बासिन्दाहरूका अनुसार, सुरुमा जम्मा १ इन्चको रहेको शिवलिंगा अहिले ४ फिटको भइसकेको छ । जसलाई श्रद्धालुहरूले दिव्य चमत्कारका रूपमा लिएका छन् । स्थानीय प्रकाश आचार्यले मन्दिर स्थापना हुनु भन्दा करिब २ सय बर्ष परापुर्वकाल देखि मान्दै आएको यो शिव मन्दिर हो । उनका अनुसार शिव जीले पार्वतीलाई बोकेर पृथ्वी भम्रण गर्दै गर्दा कपाल पत्न भएको दिव्य धाम रहेको जनविश्वास रहेको मान्यता रहेको छ ।

उक्त मन्दिरमा २ जना पुजारी रहेका छन् । शिवालय मन्दिरमा रहेको पुजारी योगी भवानी प्रसाद पुरुषले लठ्ठेश्वर महादेवको उत्पट्टि रहेको बताए । शिवले पार्वती लिएर पृथ्वी अवलोकन गर्ने क्रममा पैत्ला र लट्टा पत्न भएर उत्पट्टि भएको स्थान रहेको पुजारी बताउँछन् । मन्दिर संरक्षण समितिका सचिव विष्णु घिमिरेले यस स्थानको विकासका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । उनले मन्दिरसँगै यस क्षेत्रको पर्यटकीय स्थाल बनाउन मन्दिरको विकासमा योगदान पु¥याउनुपर्ने जनाए ।

रहस्यमयी घटनाले बढायो आस्था
स्थानीय केउँ थारुका अनुसार, केही वर्षअघि बाटोमा हिँड्दा कसैको खुट्टामा ठेस लागेपछि शिवलिंगाको अस्तित्व खुलेको थियो । जब त्यसलाई उत्खनन गरेर अन्यत्र लैजान खोजियो, अनौठा घटनाहरू घट्न थाले । शिवलिंगालाई गोरु गाडी (लरहिया) मा राखेर लैजान खोज्दा गोरु अकस्मात मरे, जसले गर्दा त्यसलाई त्यहीँ छोडियो । बिहान भएपछि गाउँलेहरूले यस घटनालाई शिवको ईश्वरीय संकेतका रूपमा लिँदै त्यही स्थानमा नै शिवलिंगाको विधिपूर्वक स्थापना गरे । केही समयपछि स्थानीय गाउँलेहरूको सहयोगमा त्यहाँ एक भव्य मन्दिरको निर्माण गरियो ।

भक्तजनको भीड, चमत्कारीक शक्तिको चर्चा
हाल यो शिवलिंगालाई दर्शन गर्न दैनिक सयौं श्रद्धालुहरू आउने गरेका छन् । महाशिवरात्रि, हरितालिका तीज र सोमबारी पूजाका दिनहरूमा यहाँ ठूलो मेला लाग्ने गरेको छ । स्थानीय कुलानन्द ज्ञवालीका अनुसार, ‘शिवलिंगाले अद्भुत शक्ति दिएको अनुभूति गरेका छौँ । यहाँ आएर पूजा गर्दा भक्तजनहरूले गरेको भाक्ल अनुसार मनोकामना पूरा हुने गरेको अनुभव धेरैले गरेका छन् ।’
यस स्थानको चर्चासँगै धार्मिक पर्यटन प्रवद्र्धन गर्नुपर्ने आवाज उठ्न थालेको छ । स्थानीय प्रशासन तथा जनप्रतिनिधिहरूले यस मन्दिरलाई व्यवस्थित गर्दै धार्मिक स्थलका रूपमा विकास गर्ने योजनामा छलफल गरिरहेको बताएका छन् । यस शिवलिंगाको अनौठो वृत्तान्तले धार्मिक आस्था मात्र नभई कपिलवस्तुको साँस्कृतिक एवं आध्यात्मिक महत्त्वलाई उजागर गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?