Butwal Today

सुनको भाउ आज प्रतितोला १२ सयले बढ्यो

५ फाल्गुन २०८१, सोमबार
अ+
अ-

काठमाडौं ।

नेपाली बजारमा सुनको भाउ आज प्रतितोला १२ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ७०० रुपैयाँ पुगेको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य २७ सय रुपैयाँले घटेर १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १९ सय ७० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको भाउ प्रतितोला १९ सय ५५ रुपैयाँ कायम रहेको थियो ।