Butwal Today

प्रधानमन्त्री ओली आज दाङ आउँदै, लुम्बिनी प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधन गर्ने

५ फाल्गुन २०८१, सोमबार
अ+
अ-

बुटवल, ५ फागुन ।

लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिशेष सम्वोधन गर्ने भएका छन् । आज बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले बिशेष सम्वोधन गर्नेगरी बैठक बस्ने कार्यसूची प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनका लागि निमन्त्रण गरेका थिए । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । यस अघि २०७५ साल बैशाख १६ गते तत्कालिन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गरेका थिए ।

प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधनपछि ओलीले घोराहीमा आयोजना हुने जनसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।