ट्रेंडिंग:

>> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने

थाई वन परम्परा प्रचारका लागि एक हप्ते आध्यात्मिक यात्रा

५ फाल्गुन २०८१, सोमबार
५ फाल्गुन २०८१, सोमबार

बुटवल, ४ फागुन ।
विश्वशान्तिको कामना र नेपालमा थाई वन परम्परालाई प्रचार गर्ने उदेश्यका साथ नेपाल फोरेस्ट मोनाष्ट्री समुहले एक हप्ते आध्यात्मिक यात्रा शुभारम्भ गरेको छ । विश्व सुखशान्ति बौद्घ बिहारबाट आईतबार सिगापुरका भिक्षु अजान चाओ खुन केङ खेमाको अगुवाईमा विभिन्न देशका ८० जना भिक्षुहरुसहित यात्रा शुभारम्भ गरिएको हो । संसारको सुख र मानव कल्याणको लागि यात्रा गरिएको उनले बताए । बौद्धकालिन जंगलमा बसेर दैनिक भिक्षा मागेर ध्यान गर्ने विधि निक्कै पुरानो भएको उनले बताए । थाईलैण्डमा रहेका बौद्ध भिक्षुहरुले संरक्षण गरेको यो परम्परालाई अहिले बुद्धजन्मस्थलमा समेत भित्राउने गरि आफुहरु लागेको उनले बताए । बौद्ध धर्मावलम्बीहरु यसबाट प्रभावित रहेको उनले बताए । आफुले २४ वर्षको उमेरमा थाई वन परम्पराको वाट अशोकराममा नियुक्त गरेको उनले बताए । उनले थाइल्याण्डको रेयोङको वाट धम्मासथितमा अजान थानिसारो (जियोफ) अन्तर्गत ३ वर्षको मठ तालिम लिएका थिए । यहाँ उनले आफ्ना एक प्रमुख आध्यात्मिक गुरु लुआंग पुउ जिया कुन्डोलाई पनि भेटे, जो लुआंग पुउ मुनका चेलाहरू मध्ये एक थिए । पूर्ण विनय (बौद्ध भिक्षुहरूको आचार संहिता) लाई निष्ठापूर्वक पालन गर्ने, बौद्ध भिक्षुहरूलाई पाली क्याननको विनय–पिटकमा उल्लिखित दिशानिर्देश र नियमहरूको अधीनमा बस्ने ठाउँ प्रदान गर्ने यसमा हुन्छ ।

भगवान गौतम बुद्धको जन्मस्थललाई केन्द्रमा राखेर बुद्ध सर्किटमा पर्ने रुपन्देही, नवलपरासी र कपिलबस्तुको एक हप्ते यात्रा हुने संयोजक सन्दिप कार्कीले बताए । पहिलो दिन नवलपरासीको रामग्राम स्तुपासम्मको यात्रा पुरा गर्ने उनले बताए । यसैगरि सोमबार रामग्राम क्षेत्रको भ्रमण, मंगलबार भिक्षुहरुको यात्रा रामग्रामबाट भैरहवा पुग्ने उनले बताए । बुद्धको बाल्यकाल विताएको कपिलबस्तु क्षेत्र, कुदान, पिपरा हुदै पाल्पाको झिङगामारास्थित नेपाल फोरेस्ट मोनाष्ट्री पुगेर यात्रा समापन हुने उनले बताए । नेपाल वन गुम्बा भूमि भगवान बुद्धको जन्मस्थल लुम्बिनीबाट करिब ४० किलोमिटर टाढा निमार्णको चरणमा रहेको उनले बताए । यात्रामा मलेशिया, सिगापुर, अष्ट्रेलिया, थाईलैण्ड, चाईना लगायत देशका ८० बढी बौद्ध भिक्षुहरु सहभागी रहेको उनले बताए ।

विश्व सुखशान्ति बौद्घ बिहारका अध्यक्ष चन्द्र बहादुर श्रीषमगरले तिलोत्तमास्थित बिहार विपश्वना गर्नेहरुका लागि उत्कृष्ट गन्त्ब्यका रुपमा विकास भैरहेको बताए । करीब साढे १० विगाहा क्षेत्रफलको वनसहितको पूर्वाधार निमार्ण गरिएको उनले बताए । बिहारमा केहि भिक्षु र ४ जना अनागारिका बस्छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?