© २०२३
बुटवल, ५ फागुन ।
रूपन्देहीको तिलोत्तमा ४ मा रहेको ज्ञानगंगा पाठशालाको १३ औ बार्षिकउसवको अवसर आयोजना गरेको अन्तर बिद्यालय जिल्लास्तरीय अण्डर १६ ब्याडमिन्टन प्रतियोगिताको उपाधि न्यू होराईजन माविले जितेको छ ।
न्यू होराईजनका आयुश श्रेष्ठ र सौभाग्य कंडेलको जोडी प्रथम भएको हो । होराईजनकै विकास खाण र साईमन कंडेललाई हराउँदै विजयी भएका हुन् । प्रथम हुने समूहले नगद १५ हजार कप मेडल प्रमाण पत्र प्रप्त गरेका छन् भने उपबिजेता बनेका खाण र रानाको समूहले नगद १० हजार कप मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगितामा एभरेष्ट माविका आर्यन सिग्देल र सुप्रिम भुसालको जोडी नमुना ईङलिस बोर्डिङ स्कुलका मन्दिप पुन र अल्बिन पुनको जोडी तेस्रो हुन सफल भएका छन् । उनीहरूले नगद ४ हजार कप मेडल प्रमाण पत्र हात पारेका हुन् । प्रतियोगितामा उदयमान खेलाडीको रूपमा अक्फोड माविका कृमन रिजाल हुन सफल भएका छन् । अनुशासित टिमको रूपमा पामिर एकेडेमीले हात पारेको छ ।
प्रतियोगितामा रूपन्देहीबाट २० वटा विद्यालयले भाग लिएका थिए । कार्यक्रममा तिलोतमा नगरपालिका नगर उप प्रमुख जगेश्वरदेबी चौधरीले विद्यालयस्तरमा हुने खेलकुद प्रतियोगिताले खेलाडी उत्पादनमा ठुलो टेवा पुग्ने बताइन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पाण्डे प्याव्सन तिलोत्तमा अध्यक्ष दिपक गौतम, विद्यालयका प्राचार्य चन्द्र अधिकारी, विद्यालयका प्रवन्ध निर्देशक युबराज न्यौपाने लगायतले बोलेका थिए ।