© २०२३
बुटवल, ५ फागुन ।
बुटवलमा जारी प्रथम लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ को उपाधिका लागि देवदह ब्याईज क्लब र आयोजक लखन ब्रदर्श बिच खेल हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा सोमबार भएको खेलमा सियारी गाउपालिकालाई ६–१ गोल अन्तरले पराजित गर्दै देवदह उपाधि दाबेदारी पेश गरेको हो । फाईनल खेल बुधबार हुने छ ।
सिद्धेश्वर खेलमैदानमा देवदहको जितमा सुरज थारु नायक रहे । उनले खेलमा आफनो ह्याट्रिक गरे । यसैगरि मनिष थारुले दुई तथा निर थापाले एक गोल गरे । सियारीका गणेश हमालले खेलमा सान्त्वना गोल गरे । खेलमा सुरज थारु म्यान अफ दी म्याच आले घोषित भए ।
यसैबिच मंगलबार दिउसो आयोजक क्लबका पदाधिकारी र पत्रकारका बिचमा मैत्रीपूर्ण खेल हुने क्लबका सचिव निरन्जन पन्तले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन ।