ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

समुदायको सहयोगले स्कुलमा संग्राहालय सीप

विद्यालयले ७१ जना सहयोगदातामार्फत लोप हुन लागेका २ सय प्रकारका सामानहरू संकलन गरी संग्राहालयमा राखिएका छन् । संग्राहालयमा राखिएका सामान निःशुल्क संकलन गरेपनि तीनलाई राख्ने ठाँउ बनाउन विद्यालयले करिव १ लाख रुपिँया लगानी गरेको छ ।
५ फाल्गुन २०८१, सोमबार
५ फाल्गुन २०८१, सोमबार

बुटवल, ५ फागुन ।
रूपन्देहीको सैनामैना नगरपालिकामा रहेको जनकल्याण माध्यमिक विद्यालयले सिकाईलाई दीगो बनाउन किताबसँगै सहयोगी क्रियाकलाप गर्ने गरेको छ । विद्यालयले विद्यार्थीहरूलाई किताबको पढाइले मात्रै सिकाइ प्रभावकारी नहुने अनुभवमा थप क्रियाकलाप गर्दै आएको हो ।
विद्यालयमा पढाइसँगै जीवन सिकाईका कुराहरू पनि महत्वपूर्ण हुने भएकाले पनि अतिरिक्त विषयलाई विद्यालयले सधै प्राथमिकतामा राख्ने गरेको विद्यालयका प्रधानाध्यापक अर्जुन पोखरेल बताउँछन् । सिकाईलाई दीगो र सहज बनाउनका लागि विद्यालयले संग्राहालय निर्माण गरेको छ । २०७५ सालबाट स्थानीयस्तरमा उपलब्ध भएका लोपोन्मुख सामानहरूलाई संग्रह गरेर विद्यालयले संग्राहालयको शुरुवात गरेको हो ।

संग्राहालयमा रहेका विभिन्न प्रकारका सामग्रीको माध्यमबाट विद्यार्थीहरूको अध्ययनमा दिगो बनाउन सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ । संग्राहालयमा लोप हुन लागेका करिब २ सय सामग्रीहरू राखिएको छ । विद्यालयले स्थानीयवासी, समाजसेवी र विद्यार्थीहरूबाट संग्राहालयका सामग्रीहरू संकलन गरिरहेको विद्यालयका संग्रहालय संयोजक केशवराज ज्ञवालीले बताए । उनका अनुसार अहिलेसम्म विद्यालयले ७१ जना सहयोगी मार्फत लोप हुन लागेका २ सय प्रकारका सामानहरू संकलन गरी विद्यालयमा राखिएको छ । यहाँ लोपोन्मुख खेत जोत्ने हलो, कुटो कोदालो, थारु समुदायका गरगहना, मही पार्ने ठेकी, पहिले पहिले बालिो विभिन्न प्रकारका बत्तीहरू, विभिन्न बाजाहरू लगायतका २ सय सामानहरू अहिले संग्राहालयमा हेर्न पाईन्छ । अझै पनि कसैका घरमा यस्ता पुराना सरसामान छन् भने संग्रहालयका लागि दिन विद्यालयले बेला बेलामा सुचना गरिररहेको हुन्छ । उनले यसलाई अझै राम्रो बनाउनका लागि आर्थिक समस्या रहेको बताए ।

विद्यालयमा पैसा छैन । सहयोग गर्ने विषयमा स्थानीयतहसँग बारम्बार सल्लाह भए पनि वास्ता गर्दैनन् । त्यसैले यसलाई सोचे जस्तो रूप दिन सकिएको छैन । स्थानीय निकायले यसलाई आफ्नो सम्पतिका रूपमा हेरेर राम्रो बनाउन सहयोग गर्ने हो भने भोलिका दिनमा यसलाई पर्यटक भित्राउने माध्यमका रूपमा विकशित गर्न सकिन्छ । उनी भन्छन्–‘अहिलेसम्म संगाहालयमा राखिएका सामान निःशुल्क संकलन गरे पनि तिनलाई राख्ने ठाउँ, मर्मत गर्ने काम, सामानहरूलाई सुरक्षित राख्न प्रयोग गर्ने ¥याक जोहो गर्न मात्रै विद्यालयले अहिलेसम्म करिब १ लाख रुपिँया भन्दा बढि खर्च गरिसकेको विद्यालयका प्रअ पोखरेलको भनाइ छ ।

पछिल्लो समयमा संग्रहालय हेर्न आउनेको संख्या पनि बढिरहेको छ । विभिन्न विद्यालयबाट शिक्षक कर्मचारी र विद्यार्थीहरूले यसको अवलोकन गरेका छन् । उनीहरूले यो अभ्यासलाई आफनो विद्यालयमा पनि लागु गर्ने कुरा गर्दा हामीले राम्रै कामको शुरुवात गरेका रहिछौ भन्ने लाग्छ तर आर्थिक अवस्थाका कारण अझै गतिलो बनाउन सकिरहेका छैनौ ।

कसैले वास्ता नगरे पनि हामीले विद्यार्थीहरूको अध्ययनलाई दिगो बनाउन पनि सहयोग पुगोस् भन्ने उद्देश्य लिएका छौं । बारम्बार घोकाउनु भन्दा संग्राहलयमा रहेका चीजलाई प्रत्यक्ष देखाएर विद्यार्थीको सिकाई बलियो बनाउन संग्राहलय सहयोगी बनेको छ । अझै पनि हामीले जुन ठाँउमा रहेका भए पनि यहाँ सम्म पुराना सरसामान ल्याउने वातावरण बनाउन लागि परेका छौ ।

संग्राहलयलाई थप व्यवस्थित बनाउन अझै लोप हुन लागेर सरसामानहरू ल्याउन आवश्यक छ त्योसँगै विद्यालयमा संग्रह गरिएका सामानहरूलाई पनि आफनै रूप र रंग दिने विषयमा पनि छलफल र बहुस बेला बेलामा भए पनि आर्थिक समस्याका कारणले सम्पन्न र भने जस्तो स्वरूप दिने नसकिएको विद्यालयको तर्क छ तर पनि यसका लागि विद्यालयले पहल गरिरहेको छ । संग्रालयका लागि छुट्टै भवन बनाउने र त्यहाँ लोप हुन लागेका सरसामानहरू संकलन गर्नका लागि चाहिने जनशक्तिको व्यवस्थापन गर्न आफूहरूले योजना विद्यालयले बनाइरहेको छ । यसमा तीनै तहका सरकारले पनि आफ्नो दायित्व सम्झन सके संग्राहालयले नमुनाका रूपमा विकसित गर्ने लक्ष्य विद्यालयले लिएको छ । २०३९ सालमा स्थापना भएको विद्यालयमा स्थानीय बालबालिकाले अध्यापन गर्दछन् । विद्यालयमा अधिकांश गरिब, जनजाती र सिमान्तकृत बालबालिकाहरूले अध्ययन गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?