ट्रेंडिंग:

>> २ लाख ९५ हजार नाघ्यो सुनको मूल्य, एकैदिन तोलामा १० हजार ४ सयको वृद्धि >> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ

रोल्पामा अर्को क्याम्पस थपियो क्याम्पसलाई उत्पादनसँग जोड्ने

५ फाल्गुन २०८१, सोमबार
५ फाल्गुन २०८१, सोमबार

फागुन, ५ रोल्पा ।
शैक्षिक क्षेत्रमा पछाडी रहेको रोल्पामा अर्को एउटा स्नातक तहको क्याम्पस थप भएको छ । पश्चिमोत्तर रोल्पाको परिवर्तन गाउँपालिका ५ वाग्मारामा उक्त क्याम्पस उद्घाटन गरिएको हो । क्याम्पस उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव थिए । आफ्नो जन्मथलोमा स्थापना भएको क्याम्पस उद्घाटन समारोहमा बोल्दै महासचिव विप्लवले उत्पादन र श्रमसँग शिक्षालाई जोड्नुपर्ने बताए । कृषि, व्यापार र व्यवसाय संग जोडिन विद्यार्थीलाई आग्रह गरे । उत्पादन र श्रमसँग जोडिएपछि आर्थिक रूपमा समेत विद्यार्थी सम्पन्न हुने र देशमै दक्ष जनशक्ति उत्पादन हुने महासचिव विप्लवको भनाई थियो ।

अहिले नेपालको ठूलो समस्या युवा पलायन रहेको बताउँदै एसईई तथा प्लस टु गरेपछि अमेरिका, अष्ट्रेलिया, जापान जस्ता देशमा अध्ययन गर्न र रोजगारीको लागि जाने प्रवृत्ती वढेको वताउदै यसलार्य रोक्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नु पर्ने वताए । कृषि क्षेत्रवाट रोजगारी सिर्जना गरी विदेश रहेका युवालाई अब स्वदेश फर्कने वातावरण बनाउनुपर्छ विप्लवले भने ।

जनतालाई पैसा कमाउने उपाय सिकाउन उत्पादनमा क्रान्ति, कृषिमा क्रान्ति र अर्थतन्त्रमा अर्को क्रान्ति आवश्यक रहेको औंल्याउँदै, नेपाली जनताको सुख शान्ति समृद्धि, विकास निर्माण र देशको विकासका लागि सवै दल एक भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
क्याम्पस उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष वुढामगर, नेकपा माओवादी केन्द्रका पालिटव्युरो सदस्य एवम लुम्विनी प्रदेश सभा सदस्य दिपेन्द्र पुनमगर, त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयका निर्देशक प्राध्यापक डाक्टर लक्ष्मिकान्त शर्मा लगायतले विचार व्यक्त गरेका थिए ।

शैक्षिक क्षेत्रवाट पछि परेको रोल्पामा क्याम्पस स्थापना भएसंगै यहाँका विद्यार्थी र अभिभावकहरू समेत खुसी भएका छन । गाउँकै आटोपिठो खाएर उच्च शिक्षा अध्यन गर्न पाउने वातावरण वनेकोमा उनीहरू हर्षित भएका हुन । पश्चिम क्षेत्रका रोल्पाली जनताले वर्षौ देखी देखिरहेको आफ्नै क्षेत्रका उच्च शिक्षा पढाई हुने क्याम्पस स्थापना गर्ने सपना पुरा भएको स्थानीय अनिल केसीले वताए । रोल्पाको पश्चिम क्षेत्रमा स्नताक तहको पठन पाठन हुने क्याम्पस नहँदा विद्यार्थीहरूले ठूलो धनरासी खर्च गरेर जोखिम तथा हैरानी सहेर जिल्ला वाहिर खासगरी दाङ काठमाण्डौ जानु परेको थियो उनले भने । क्याम्पस अभावका कारण अधिकांशले प्लस टु पढेर त्यस माथिको पढाइ छोड्नु पर्ने वाध्यता थियो, उच्च शिक्षा पढ्नेहरूलाई पनि जिल्ला वाहिर जाने वाध्यता थियो उनले भने । क्याम्पस संचालक समितिका सचिव समेत रहेका केसीका अनुसार क्याम्पस स्थापना भएसंगै अव आफ्नै घर आगनमा वसेर, आफ्नै घरको खाना खाएर, आफ्नै गाउँमा रमाउदै उच्च शिक्षा अध्ययन गर्ने वातावरण तयार भएको छ ।

क्याम्पस स्थापना गर्न पश्चिम रोल्पाका जनसमुदायको महत्वपूर्ण भूमिका रहेको केसीको भनाई छ । खास गरी परिवर्तन गाउँपालिका भित्रका शैक्षिक व्यक्तिका साथै वौद्धिक, राजनीतिक, व्यवसायी, युवा विद्यार्थीहरूको योजनामा परिवर्तन गाउँपालिका वडा नं. ५ वाग्मारामा सो क्याम्पस स्थापना गरिएको हो । रोल्पा नमूना क्याम्पस नामाकरण गरिएको सो क्याम्पस स्थापनाका लागी लामो समय देखीको मेहनत, कानूनी झंझट पार गर्दै आएको उनको भनाई छ ।

सो क्याम्समा श्रमजीवि तथा श्रमिक जनताका छोराछोरीले सहज उच्च शिक्षा पाउने अपेक्षा गरेका छौ क्याम्पस संचालक समितिका सचिव केसीले भने । आर्थिक अवस्था कमजोर भएका कारण उच्च शिक्षा अध्ययनवाट वंचित भएका व्यक्तिहरूलाई लक्षित गरी क्याम्पस स्थापना गरेका हौ केसीले भने ।
क्याम्पसले कृषि उत्पादन समेत थालनी गरेको छ । क्याम्पसमा अध्ययरत विद्यार्थीहरूलाई जोडेर रोजगारी सिर्जना गर्ने उद्देश्यका दीर्घकालिन योजना अन्तर्गत क्याम्पसलाई विज्ञान र प्रविधिसंग जोड्दै श्रम, सीप, उत्पादन र रोजगारी संग प्रत्यक्ष जोड्ने सोंच रहेको छ केसीले भने ।
हाल शिक्षा शास्त्र संकायमा स्नातक तहको पठन पाठन हुने सो क्याम्पस त्रिभुवन विश्वविद्यालयद्वारा संवन्धन प्राप्त सामुदायिक क्याम्पस हो । सो क्याम्पसले निकट भविष्यमा अन्य संकाय पनि थप गर्दै जाने क्याम्पस संचालक समितिको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?