ट्रेंडिंग:

>> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना

देश विकासका लागि सरकार र पार्टी दुबैको ध्यान पुगेको छः प्रधानमन्त्री

५ फाल्गुन २०८१, सोमबार
५ फाल्गुन २०८१, सोमबार

दाङ, ५ फागुन ।

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बिकासका लागि सरकार र पार्टी दुबैको ध्यान पुगेको बताएका छन् । नेकपा एमाले दाङको आयोजनामा दाङको घोराहीमा भएको बृहत आमसभालाई सम्बोधन गर्दै उनले दाङ कृषिमा उर्वर भूमि भएको र हिजो विकासमा पछाडि परेको भए पनि अब विकासमा अगाडि बढेको बताए । बुद्धको जन्म भएको तपोभूमी लुम्बिनी प्रदेशका हरेक क्षेत्रमा अब बिकास हुने उनले बताए ।

“घोराही –तुलसीपुर सडक चौडा गर्ने लामो समयको प्रयासबाट यो सडकमा बजेट राखिएको हो” उनले भने, “कामको सुरुवात भएको छ, तुरुन्त प्रारम्भ हुने छ ।” तुलसीपुरको एयरपोर्टका लागि यो बर्ष वजेट नपरेको उनले उल्लेख गर्दै दाङ आउने शीर्ष दलका नेताले एयरपोर्ट बनाउछौ भनेको सुन्दा अचम्म लाग्ने बताए । ‘एयरपोर्ट बिस्तारका लागि आगामी बजेटमा पारिने छ र काम अगाडि बढाइने छ’ उनले भने । प्रदेश भित्र सुरुङमार्ग निमार्णको समयमा यो बन्दैन भन्दै धेरैले गिज्याए तर अब यो काम पूरा हुने भएको छ ।

दाङको समृद्धि र बिकासका लागि निर्वाचनको समयमा सही र योग्य नेतालाई नछान्नुको परिणाम दाङ विकासमा पछाडि परेकाले उनले आगामी निर्वाचनमा शंकर पोखरेललाई बिजय गराएमा मिसन ८४ लाई पूरा गर्न सहयोग पुग्छ र दाङको समृद्धिका लागि सहयोग पुग्ने बताए ।

देश बिकास गर्नका लागि संकल्प गरेका छौं । दाङ खेतीका लागि उर्बरभूमि भएकोले सबै जमिनमा पानीको सुबिधा पुर्याउने उनले बताए । अहिलेको समीकरण देशमा विकास र रास्ट्रियताका लागि हो । हामी काम गर्छौ, हामीलाई बिश्वास गर्नुहोस् उनले भने । उनले युवाहरुलाई लक्षित गर्दै भने,आइटीको समयमा छौ यही बसेर आइटी सिक्नुहोस । हिजोको जस्तो होइन अब घर मै बसेर कमाई गर्न सकिन्छ । देशमा युवाले मात्र गर्न सक्छन् भन्ने यस्ता खालका भ्रम छर्नेका कुरा नपत्याउन आग्रह गरे ।

देशको अर्थतन्त्र खोक्रो माओवादीले बनाएको दावी गर्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्र मजबुत एमालेले बनाउने दावी गरे । माओवादी विदेशी इशारामा चल्ने गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले भने,विदेशीको इशारामा काम गर्ने सबै पार्टी किनारा लाग्छन् ।

दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल जुन ढंगले अगाडि बढेको छ त्यो उपलब्धि नेकपा एमालेले गरेको बताए । मुलुकको निरासालाई चिर्नका लागि नेकपा एमाले सरकारमा आएर समृद्धिको पाइला अगाडि बढेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?