ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

अर्खावाङमा बन्यो मालिकाको सिंहदरबार

४ फाल्गुन २०८१, आइतबार
४ फाल्गुन २०८१, आइतबार

गुल्मी, ३ फागुन ।
गुल्मीको मालीका गाउँपालिकामा नयाँ प्रशासनीक भवन निर्माण भएको छ । संघीय सरकार र स्थानीय सरकारको सात करोड ६७ लाख १८ हजार लागतमा उक्त प्रशासनीक भवन निर्माण सम्पन्न भएको हो ।

मालिका गाउँपालिका –४ अन्तरगत अर्खावाङ्गमा उक्त प्रशासकीय भवन निर्माण गरिएको छ । विकोइ श्रेष्ठ तथा सुनिल समिर जेभीद्वारा २०७८ भदौमा सम्झौता भएको भवन निर्माणको काम तीन वर्षमा सम्पन्न भएको गाउँपालिका अध्यक्ष देवीराम अर्यालले जानकारी दिएका छन ।
जिल्ला सदरमुकामबाट टाढा दुर्गम क्षेत्रमा रहेको पालिकाको रूपमा चिनिले उक्त मालिका गाउँपालिकामा सुबिधा सम्पन्न भवनबाट सेवा प्रबाह गरिने भएको छ । भवनको संरचना अपाङ्मैत्री रहेको छ । अपाङ्गता भएका कुनै पनि व्यक्तिहरू सहजै कार्यालयको कोठा कोठामा पुगेर सेवा लिन सक्ने बताईएको छ । २२ हजार स्क्वायर फिटमा बनेको सो भवन साढे तीन तलाको रहेको छ । भवनमा बैठक कक्ष र सभाहल सहित १६ वटा कोठाहरू रहेका छन् । गाउँपालिकाको मुख्य केन्द्रमा निर्माण गरिएको उक्त भवन आकर्षक डिजाईनमा निर्माण गरिएको छ ।

भवनको अभावमा गाउँपालिकाले सम्पूर्ण प्रशासनीक कामहरू एउटा सानो ट्रसबाट गर्दैै आएको थियो । सानो ठाउँ र साघुँरा कोठाहरू भएका कारण सेवा लिन आएका नागरिकहरू पनि अलमलमा पर्ने गरेका थिए । अब नयाँ भवन बनेपछि आफुहरूलाई पनि सेवा लिन आउँदा सजिलो हुने स्थानीय राधिका अर्यालले बताईन । पालिकाले यति ठूलो भवन बनाएको भन्दै उनले आफुहरू निकै खुसी बनेको बताईन । नयाँ भवन नर्माण भएसँगै अबदेखि नागरिकहरूलाई सेवा प्रवाह गर्न थप सहज पुग्ने मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए । उनले भवन निर्माण सम्पन्न भएपनि फर्निसिङ्का कामहहरू गर्न केही बाँकी रहेको कारण नयाँ भवनबाट सेवा प्रवाह गर्न अझै केही समय लाग्ने बताएका छन ।
जिल्लामा एकै दिन बोलपत्र आव्हान गरेका धुर्कोट र मदाने गाउँपालिका प्रशासकीय भवनहरू भने अझै सम्पन्न हुन सकेका छैनन् । एक पटक म्याद थप गरेपछि तोकिएको समयमा काम सम्पन्न गरेर पालिकालाई भवन हस्तान्तरण गरिएको निर्माण व्यावसायी हरिकुमार श्रेष्ठले बताए । उक्त भवनको हालै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?