Butwal Today

आज एकैदिन २७ सयले घट्यो सुनको मूल्य भाउ, आज कतिमा हुँदैछ किनबेच ?

४ फाल्गुन २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

नेपाली बजारमा सुनको भाउ आइतबार एकैदिन २७ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ६७ हजार ५०० रुपैयाँमा झरेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य १ लाख ७० हजार २०० रुपैयाँ रहेको थियो ।

यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १९ सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १९ सय ७० रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?