ट्रेंडिंग:

>> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

लुम्बिनी प्रदेशस्तरीय छनोट खेल शुरु, रुपन्देही र नवलपरासी विजयी

४ फाल्गुन २०८१, आइतबार
४ फाल्गुन २०८१, आइतबार

भैरहवा, फागुन ४ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेल सुरु भएको छ । आइतबारदेखि रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा छनोट खेल सुरु भएको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको छनोट खेलमा रुपन्देहीको टिमले पाल्पा जिल्लाको टिमलाई १० विकेटले पराजित गर्दै जित निकालेको छ । जितका लागि पाएको ७४ रनको झिनो लक्ष्य रुपन्देहीले १३ ओभरमा ७७ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा मनिष थापाले अविजित ३८ र मिर्नाल गुरुङले नटआउट ३५ रनको योगदान गरे ।

यसअघि टस जितेर ब्याटिङ गरेको पाल्पाले निर्धारित ५० ओभरको खेलमा २३ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ७३ रन बनाएको थियो । उसलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका सन्देश थापाले ६ ओभर ४ बलमा ३ मेर्डनसहित १७ रन खर्चेर ५ विकेट लिए । यस्तै, विप्रसन केसीले ३ तथा कृष्ण कार्की र रमेश कुर्मीले १–१ विकेट लिए । पाल्पाका नरबहादुर सार्कीले ४० र नविन भण्डारीले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले हार व्यहोर्यो । खेलमा रुपन्देहीका सन्देश थापा प्लेयर अफ द म्याच भए ।

यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा पश्चिम नवलपरासीले कपिलवस्तुको टिमलाई ३० रनले पराजित गर्दै जित हात पारेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीको टिमले निर्धारिता ५० ओभरमा ४६ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७१ रन बनायो । उसका लागि सम्राट भुसालले ४२, रन्जितकुमार खड्काले ३५, इकलाख वारिसले १९ र ओमकार यादवले १६ रनको योगदान दिए । बलिङमा कपिलवस्तुका राज अग्रहरीले ३, मोहम्मद हुसेन गद्दी, प्रयासदेव गैरे र शिव कुँवरले समान २–२ तथा महेश भरले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कपिलवस्तु ४७ ओभरमा १ सय ४१ रन बनाउँदा अलआउट भयो र हार व्यहोर्यो । उसका लागि शिवशकुरमा मौर्यले २०, प्रतीक भट्टराई र रौनक श्रीवास्तवले समान १७–१७, रामजन अली धुनिया र शिव कुंवरले १४–१४ तथा राज अग्रहरीले १० रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा नवलपरासीका राजेन्द्रबहादुर बम, ओमकार यादव र शिशिर थापाले समान ३–३ तथा इकलाख अहमदले १ विकेट लिए । खेलमा राजेन्द्रबहादुर बम प्लेयर अफ द म्याच घोषित भए ।

यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल सुरु भएको हो । रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, पाल्पा, दाङ, बाँके र बर्दिया गरी ७ जिल्लाका टिम सहभागी छनोट खेलबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टिम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?