© २०२३
बुटवल, ३ फागुन ।
उपप्रधानमन्त्री तथा सहकारी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकार कुर्चिमा जान र बस्नको लागि मात्रै नबनेको बताएका छन् । उनले जनताको पक्षमा काम गर्नको लागि गठनबन्धन गरिएको बताउँदै जनताको पक्षमा तीन तहको सरकार संगको सहकार्यमा जनताको पक्षमा काम गर्न गठबन्धन गरिएको दाबी गरे ।
बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित विशेष सामारोहलाई सम्बोधन गर्दै उप प्रधान तथा सहरी विकास मन्त्री सिंहले जनताको लागि बुटवल उपमहानगरपालिकाले जनताले चाहेको जस्तो विकास गर्दै आएको बताए । उपप्रधानमन्त्री सिंहले आफ्नो पालामा नगरपालिका रहेको बुटवललाई उपमहानगरपालिका घोषणा गरिएको बताए । उनले अब संरचना र मापदण्डअनुसार तयार भएमा यसलाई महानगरपालिका बन्नको लागि तयार रहेकोमा सहयोग गर्ने बताए । उनले भने–‘बुटवल भौगोलिक दृष्टिकोणबाट, जनताको सक्रियताको कारण पनि विकासको संभावना रहेको छ ।’
बुटवललाई धार्मिक पर्यटनको रूपमा स्थपित गर्नको लागि सबैजना लाग्नुपर्ने र संघिय सरकारले समेत यसमा सहयोग गर्ने प्रतिवद्वता जनाएका थिए । विकास निर्माणको लागि राजनीतिक स्थायित्व आवश्यकता रहेको बताएका थिए । विराटनगर महानगरपालिका प्रमुख नागेश कोईराला ले बुटवलको भौगोलिक संरचनालाई सहकार्य गर्न जरुरी रहेको बताए । डिजिटल प्रशासन र सुशासनमा जोड दिनुपर्ने बताएका थिए ।
पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले सिंहदरबारको अधिकार गाउँगाउँ मा भएपनि जनता छायामा रहेको बताएका थिए । उनले रोजगार उद्यमशिलता विकासका लागि स्थानीय तहले ख्याल गर्नुपर्ने बताए । उनले स्थानीय सरकारले उद्यमशिलता विकास सहित जनतालाई वन, उद्यमशिलता प्रवद्र्धन मा जोड दिनुपर्ने बताए थिए । जनतालाई अधिकार दिएर जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए । जनताको जिवनउपयोगी काममा जोड दिनुपर्ने बताएका थिए ।
तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठलेले स्थानीय सरकारले ५ वटा विषयगत समितिमा टेकेर काम गरेको छ, सामाजिक, शिक्षा स्वास्थमा बुटवलले विशेष प्रथमिककता दिएको बताए । उनले पालिकाले वन, वातावरण, विपतको क्षेत्रमा बुटवलले राम्रो काम गरेको बताए । बुटवल उपमहानगर पालिकाको सिर तिनाउ गाउँपालिका रहेको भन्दै पालिकाका बिचमा संमन्वय जरुरी रहेको बताए । स्थानीय सरकारलाई संघिय सरकारले बजेट कटौती गरेर उपभोक्ता र स्थानीय सरकारलाई जटिलता श्रृजना गरको बताए ।
पूर्व नगरप्रमुख शिवराज सुवेदी सभ्य बुटवल बनाउनको गर्वगर्न लायक विविध संस्कृति बुटवलमा पाईएको बताउँदै बुटवल जितगढि किल्लाले विश्वलाई सन्देश दिएको बताए ।
रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे बुटवल उत्कृष्ट नगरको रूपमा सक्षम नगरपालिकाको रूपमा स्थापित हुन सफल हुने शुभकामना दिए ।
पूर्व उपप्रमुख रामेश्वर प्रसाद श्रेष्ठ बुटवल चलायमान बनाउनको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रीय र प्रदर्शनी केन्द्रबुटवल स्थानीय सरकारलाई दिनुपर्ने माग समेत गरे ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले व्यसायिक रूपमा आशालाग्दो बुटवल हो तर उद्यम स्थलको रपमा रहेपनि पर्यटकिय विश्राम स्थलको रुपमा समेत विकास गर्नु पर्नेमा जोड दिए । कर अशुल भन्दा पनि दायर बढाउन जरुरी रहेको भन्दै अध्यक्ष अर्यालले बिज्ञापन कर, बोड कर पेचिलो बन्दै गएको गएको बताए । नेपाल पत्रकार महासंघ रूपन्देही का अध्यक्ष दिनेश पाण्डेले पत्रकार र स्थानीय सरकारका बिचमा सहकार्य जरुरी रहेको बताए ।
बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले सबैको सहयोग र सद्भाव बाट बुटवल उपमहानगरपालिका अगाडि बढिरहेको भन्दै देशभरका मानिसहरूकोलागि बुटवल विश्राम स्थलको रूपमा विकास हुँदै गएको बताएका थिए ।
उप प्रमुख सावित्रादेवी अर्यालले पालिकलो किसान, उद्योगी, व्यवसायीहरूसबैको हितमा राखेर काम गर्दै आएको र गुनासोहरूको समय सापेक्षा सम्बोधन गरिने समेत बताईन् ।कार्यक्रममा पत्रकार, व्यवसायी, सामाजिक संघ संस्थाका प्रमुख सहित विभिन्न अभियान्ताहरूलाई सम्मान गरिएको थियो ।