© २०२३
बुटवल, ४ फागुन ।
रूपन्देहीको तिलोत्तमा–४ स्थित ज्ञानगंगा पाठशालामा ज्ञानगंगा बाल महोत्सव सुरु भएको छ । विद्यार्थीहरुको अन्तरनिहीन प्रतिष्पर्धा प्रस्फुटन गर्ने उद्देश्यले तीन दिने महोत्सव सुरु गरेको हो ।
आइतबार तिलोतमा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष हरिबहादुर क्षेत्रीले महोत्सवको उद्घाटन गदै बालबालिकाहरूलाई रूची चाहना अनुसारको काममा लगाउनु जरूरी रहेको बताए । शिक्षा संगै खेलकुदका कार्यक्रम नाचगान भेषभुषा परिवेश बारे ज्ञान दिनु जरूरी रहेको उनले बताए । आइतबार पिजीदेखि कक्षा २ सम्म पढ्ने ५०० विद्यार्थीले स्टेज चढेर आ–आफ्नो प्रस्तुति दिएको प्राचार्य चन्द्र अधिकारीले जानकारी दिए ।
बालबालिकाको सृजनशिलता, सीप र प्रतिभालाई उजागर गर्ने यो महत्वपूर्ण अवसर सृजना गरिएको प्राचार्य अधिकारीको भनाइ छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ऋषिराम पाण्डेले विद्यालय छोटो समयमा शैक्षिक उन्नयनमा तीब्र गतिमा अगाडि बढिरहेको बताए । पछिल्लो समय नयाँ व्यवस्थापनका साथ विभिन्न शैक्षिक क्रियाकलापमा विद्यालय उत्कृष्ट छवि बनाउन सफल भएको विद्यालयका शिक्षक कुलचन्द्र पुरीले बताए । विद्यालयले वार्षिक उत्सव यही फागुन ७ गते प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा मनाउने भएको छ ।