ट्रेंडिंग:

>> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा 

रानीमहलको सन्देश

३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

बुधवार विहान सात वजे बुटवलको मिलनचोक पुग्दा लुम्बिनी प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार लक्ष्मण ज्ञवाली आइपुगेका रहेछन् । केही वेरको कुराईपछि टुप्लुकिए मुख्यमन्त्रीका ग्रामीण विकास विज्ञ युवराज घिमिरे पनि । सिद्धबाबा मन्दिर परिसरमा रहेको मिष्ठान्न भण्डारमा चिया, खाजा खाएपछि हाम्रो मोटर पाल्पा रानीमहलतिर हुइँकियो । बाटाभरि हामीले सामयिक राजनीति र प्रदेश सरकारका गतिविधिहरूका सन्दर्भमा अनौपचारिक गफगाफ गर्यांै । प्रदेश सरकारको जिम्मेवारी लिएको वर्तमान सरकारले ६ महिना काटिसकेको रहेछ । सरकारले कानुन निर्माणको तहमा गरेका कामहरू, विनियोजित वजेटको कार्यान्वयनको अवस्थासँगै मुख्यमन्त्री चेतनारायण आचार्यको क्रियाशीलता र प्राप्त नतिजाका बारेमा सुक्ष्म विमर्श पनि गरेका थियौं । पाका पुराना नेता तथा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार लक्ष्मण ज्ञवालीको शालीन र तार्किक प्रस्तुति हाम्रा लागि सिकाई नहुने कुरै भएन । उनको कुरा गर्ने तौरतरिका, विषयवस्तुको उठान र रुझानले हामीलाई प्रेरणा थपिरह्यो । ग्रामीण विकास विज्ञ युवराजले वर्तमान सरकारका समस्या र चुनौतीका विषयलाई केस्राकेस्रा केलाउन भ्याए । उनले प्रदेश सरकारप्रति सरकारकै मान्छेले हेर्ने नजर, सहयोग र गतिविधिलाई मिहिन तरिकाले प्रष्ट्याउने काम गरे । विपक्षीहरूले सरकारप्रति गर्ने व्यवहार र त्यसलाई निस्तेज पार्ने कुरा नै सरकारको काम हो भन्नेमा सबैलाई सहमत गराए ।
पाल्पाको डुम्रे पुग्नेबेला ‘गाउँको घर’ र गोमा भण्डारीको कागती खेती एवम् अचार उद्यमका बारेमा उनीहरूलाई जानकारी गराउने काम गर्न भ्याएँ । गाउँको घर नयाँ कन्सेप्ट रहेको बताएँ । एकजना युवा समुन्द्रले गाउँमै खोलेको गाउँको घर, त्यहीको रैथाने उत्पादनको स्वाद र खेती किसानीका बारेमा बताउँदा उनीहरू खुसी भए । विदेश नै जाने मनोदशालाई रोक्न यस्ता युवाहरू नै काफी हुन सक्छन् भन्ने कुरामा उनीहरूलाई सहमत गराउने मेरो प्रयास कायमै थियो । गाउँमै बसेर कागतीखेती र अचार उद्यम सञ्चालन गरेकी गोमाको जीवनयात्रा उनको संघर्ष र प्राप्त सफलताका बारेमा कुरा सुनाइरहँदा एकपटक भेट्नै पर्ने मान्छे रहेछिन् गोमा भन्ने कुरा आयो । समयाभावका कारण उनलाई जाँदैगर्दा भेट्न नसकिए पनि फर्किदा भेट्ने योजना बुनियो ।
तानसेन पुगेपछि माननीय ठाकुर गैरेसँग भेट्न अवसर मिल्यो । नेताहरू धनेन्द्र घिमिरे, विमल काफ्ले र गुराँस आत्रेय लगायतसँग उनीहरूकै पार्टी कार्यालयलाई साक्षी राखेर फोटो खिचियो । चिया खाने अनुरोधलाई ‘पछि फर्किदा खाम्ला’ भनेर टारियो । बतासेडाँडाबाट रानीमहलतिर ओरालो लाग्दा हल्का वाकवाकी लाग्यो । वान्ता नै हुन्छ कि भन्ने डर थियो । मोटरको स्पीड बढी भएर हो वा घुम्ति मोडहरूले हुन् हेक्का भएन तर फन्फनी मलाईमात्र होइन रहेछ घुमाएको ।
रानीमहल नजिकैको कालीण्डकीको जलले मुख धोएपछि हल्का भयो । मुख्यमन्त्रीसहित अन्य मन्त्रीहरूसँग त्यतै भेट्ने अवसर जुर्यो । बग्दै गरेको कालीगण्डकीमा स्नान गर्नेहरू थिए । कतिले मुखमात्र धोए । धेरैजसोले टाउकामा जल छर्केर हरहर गण्डकी गरे । कालीगण्डकी किनारमा रहेको सुन्दर रानीमहल हेरेपछि मनै शान्त भयो । खड्गशम्सेरले आफ्नी प्रिय रानी तेजकुमारीको सम्झनामा बनाएको उक्त रानीमहल बनाउनमात्रै पाँच वर्ष लागेको थियो । भव्य भवनको छेउमा बसेर कालीको सुुसेलीमा सुसेलिदै जुनेली रातमा मृतक रानीसँग खड्गशम्सेरले बातचित गर्थे रे ! किंवदन्ती छ ।
यही स्थानलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेयले पहिलोपटक आआफ्नो प्रदेशका विकास निर्माणसँगै सरोकार राख्ने विषय एवम् प्रसङ्गलाई संयुक्त वार्ता गर्ने थलो बनाए । कार्यक्रमलाई औपचारिकता दिए । तानसेन नगरले अतिथिहरूलाई पाल्पाली ढाका टोपी र सलले सम्मान गरेको थियो । पाल्पाको पर्यटनसँग सम्बन्धित कुरा तानसेनले बखान गर्यो । कालीगण्डकी करिडोरको बारेमा बताइए ।
दुबै मुख्यमन्त्रीहरूले २१ बुँदे साझा सहमति पत्रमा हस्ताक्षर गरे । गण्डकी र लुम्बिनीको विकासमा हातेमालो गर्ने संकल्प गरे । पहिलो भेटघाट र समन्वयकारी बैठक सुरुआती चरण हो, अन्तिम होइन भने । सिद्धार्थ राजमार्गको स्तरोन्नतिका कुरा प्राथमिकतामा परे । नेपालगञ्जदेखि पोखरासम्मको हवाई यातायातले चर्चा पायो । गण्डकीको उत्पादन लुम्बिनीमा र लुम्बिनीको पर्यटकीय सम्बन्ध गण्डकीसँगको प्रसंग व्यवहारिक देखिए । धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय प्रवद्र्धनका लागि दुबै प्रदेश पोेटेन्सियल रहेका र यसको ब्राण्डिङ र मार्केटिङ आजको आवश्यकताभित्र पर्ने कुरामा उनीहरू सहमत भई सहकार्य गर्नेमा जोड दिए । रानीमहलमा गरिएको बैठक र यसको सन्देशले पक्कै पनि दुबै प्रदेशवासीहरूलाई खुसी तुल्याउने छ । कार्यान्वयन भई परिणाम दिने छ । रानीमहल बैठकको सन्देश प्रभावकारी भई रानीमहलजस्तै ठिंग उभिने छ ।
तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रुरु गाउँपालिका र कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधिहरू, लुम्बिनी तथा गण्डकी प्रदेशका मन्त्री र सांसदहरूको उपस्थिति थियो । कर्मचारी दुबै प्रदेशका नहुने कुरै भएन । खर्च व्यवस्थापनमा तानसेन र बगनासकाली मिसिएका रहेछन् । उपस्थित सबैलाई खानाको व्यवस्थापन थियो । औपचारिक कार्यक्रम समापनपछि पत्रकार महासंघ पाल्पाले सर्ट एण्ड स्वीट पत्रकार सम्मेलन गरेको थियो । दुबै प्रदेशका मुख्यमन्त्रीले २१ बँुदे सहमतिपत्र अक्षरशः पालना गर्न आफूहरू पूर्णरूपमा कटिवद्ध रहने पुनः प्रतिवद्धता जनाएका थिए । पाल्पा क्षेत्र नं.२ का संघीय माननीय ठाकुरप्रसाद गैरेले दुबै मुख्यमन्त्रीहरूलाई माला र खादाले सम्मान गरेका थिए रानीमहलमै ।
रानीमहलबाट बाटो लाग्यौं हामी । तानसेन आएर पाल्पा क्षेत्र नं.१ का माननीय नारायण आचार्यसँगै पौवा होटलमा चिया पियौं । गिट्टीखानीनिर आउँदा प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीसँग भेट भइयो । उनीहरू कारको पञ्चर भएको कारण दुःख पाएका रहेछन् । बुटवल योगीकुटीमा रहेको गौतम मिष्ठान्न भण्डारमा हर्ट लेमन वाटर पिएपछि जीउ नै हल्का भयो । हामीहरू आ–आफ्नो बाटो लागियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?