ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

फैलिएला त ‘पठन संस्कृति’

३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

बुटवल, ०३ फागुन ।
विद्यालयबाट घर पुग्ने बित्तिकै बालबालिकाहरू मोबाईलमा हराउँछन । मोबाईलसँग होम वर्क गर्छन । मोबाइलसँगै खाजा खाने गर्दछन । घरमा आफन्त आएको, छिमेकमा के भैरहेछ भन्ने उनीहरूमा कुनै चासो हुँदैन । प्रविधिकै कारण बालबालिकाहरूमा आएको यो बानीलाई पढन संस्कृतिबाट परिवर्तन गर्ने उद्देश्यका साथ बुटवलका ३ युवाहरूले ‘मिनि मोबाईल पुस्तक’ नाम दिएर विद्यालय पुस्तक प्रदर्शनी यात्रा चलाईरहेका छन ।

बुटवलका विशाल पुस्तक सदन संचालक दिपेन्द्र जिसि, बुटवल बुक्स मार्टका गोबिन्द ज्ञवाली र ग्यालेक्सी बुकका कृष्ण बहादुर कार्की (राजु) ले विद्यालयहरूमा आफनो स्टल राखेर नै पुस्तक प्रचारमा लागेका हुन । सामाजिक रूपान्तरणका लागि शिक्षामा नया अभियान, पढ्ने बानीको विकासका लागि पुस्तक प्रदर्शनी, हरेक उपहार पुस्तक नै दिने गरौ, पुस्तक उपहार दिने ब्यक्ति नै पढ्ने बानीको अभियन्ता, जो पढ्छ उहि अघि बढ्छ, पढौ र पढाऔ, पढ्नुहोस्, नेतृत्व गर्नुहोस् र सफल हुनुहोस् नारासहित यो अभियान चलेको छ ।

‘न्यु लाईटमा गतवर्ष पुस १३ गतेबाट हामीले यो अभियान शुरु गरेका हौ,’– विशाल पुस्तक सदन संचालक दिपेन्द्र जिसिले भने । विद्यार्थी, अभिभावक र शिक्षकलाई उपयोगी पुस्तकहरू स्टलमा उपलब्ध हुने उनले बताए । पढाइ जरुरी छ भन्ने सन्देश दिन अभियान थालेको उनले बताए । एक वर्षको अवधिमा रूपन्देहीसहित कपिलवस्तु र नवलपरासीका करिब १ सय विद्यालयहरूमा अभियान लगेको विशाल पुस्तक सदन संचालक तथा अभियन्ता दिपेन्द्र जिसि बताउछन । ‘सिक्ने, सिकाउने र सिक्ने पढाउनलाई पढौ ।’ नारा अनुसरण गरेर अभियानलाई विद्यालय, अभिभावकहरूबाट सकारात्मक रूपमा लिएको उनि बताउछन । कथा, सामान्यज्ञान, जिवनी, साहित्य, स्वास्थ्य सचेतना, गजल, कविता लगायत करिब ५ हजार टाईटल बराबरका पुस्तकहरू स्टलमा छन । जसमा शिक्षक, अभिभावक र विधार्थीलाई उपयोगी छ । कक्षागत उपयोगी किताबहरू, चित्रसहितका कविता, कथाहरूका पुस्तक बालबालिकाहरूले मन पराएका छन । अर्कोतर्फ गिजु भाईको पुस्तक दिवास्वप्न, कर्म, घरको शिक्षा जस्ता शिक्षक, अभिभावकहरूलाई उपयोगी पुस्तकहरू समेत आकर्षण बनेको उनी बताउँछन् ।

हजुर आमाबाट सुत्ने बेला कथा सुनेर सुत्ने हाम्रो युग अहिले प्रविधिका कारण एकलकाटे तर्फ गएको छ ।’– उनले दुखेसो गरे । अहिलेको प्रविधि युक्त युग युवाहरूमा अवसरमात्र नभई सामाजिक रूपमा धेरै समस्या उत्पन्न गरेको छ । डिजिटल अध्ययनका कुरा आउदा पुस्तकहरू बिस्तारै हराउने हो कि भन्ने आशंका रहेको उनले बताए । एक वर्षको अवधिमा अभिभावकहरूमा अझै पनि चेतना पुर्याउन नसकेको उनले बताए ।
अक्सफोर्डमा कक्षा ४ मा अध्ययरत कृष्टिना पोखरेल विद्यालय परिसरमा चलेको पुस्तक प्रदर्शनीमा पुस्तक पढ्दै गरेकी भेटिईन । पढाईसंगै उनी नया सिकाई र ज्ञानका विषयमा रुचि राख्छन । चित्र भएको कथाका किताब धेरै मन पर्ने उनले बताईन । यसैगरि कक्षा ३ मा अध्ययन गर्ने रियान्सी केसीलाई नेपाली कविता र कथाका किताबहरू मन पर्ने बताईन । बुबाबाट किताब पढ्न प्रेरणा मिलेको र धेरै पुस्तक समेत घरमा रहेको उनले बताईन ।

अक्सफोर्ड माबिका प्राचार्य दिनेश भुसालले हरेक घरघरमा अभिभावकलाई प्रविधि समस्याका रूपमा विकास भैरहेको बताए । प्रविधिको सहि प्रयोगबाट चुक्दा समस्या बनेको उनको तर्क छ ।
करीब सात वर्षदेखि नेपाल मनोचिकित्सक संघका महासचिव वरिष्ठ मनोरोग विशेषज्ञ डा मनोज ढुगाना पढ्ने र पढाउने अभियानमा छन । जन्मदिनमा पुस्तकबाट शुरु गरेका उनी संघको हरेक कार्यक्रममा समेत मायाको चिनोका रूपमा पुस्तक नै दिने प्रचलन चलाएका छन । संस्थाको एउटा स्टिकर बनाएर विदेशी, नेपाली लेखकका पुस्तकहरूमा लोगो राखेर दिने गरेको उनले बताए । ‘मायाको चिनोका रूपमा बस्तु दिँदा त्यो त्यसै घरमा थन्किछन भने कम्तीमा पुस्तक घर आएपनि परिवारका सदस्यहरू पढछन,’ उनले भने । हामी आफूलाई शिक्षित वर्ग भन्ने तर कानुन, समुदाय र सामाजिक विकास हुन नसकेको उनले दुखेसो गरे । ‘

शिक्षा भयो तर ज्ञान भएन,’–उनले भने । आफनो वरपरको समुदाय र वातावरण बुझन र बुझाउन र ज्ञानको लागि पढन जरुरी छ । ‘ज्ञानी समाज’ निमार्ण गर्न ‘पढ र पढाऔ ।’ उदेश्य सहित अभियान चलाएको उनले बताए । ‘बिस्तारै परिवर्तन आएको छ,’–उनले भने । अहिले रूपन्देहीका अन्य संघसंस्थाहरू पनि मायाको चिनो पुस्तक दिने प्रचलन शुरु गरेको उनी बताउँछन । हिमालय बुक्स हाउस र पाठक मंच बुटवल पनि पढन संस्कृति बिकासको अभियान चलाउँदै आएको छ ।

अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले पढन संस्कृति बिकास नाराबाट सम्भव नहुने बताउछन । एउटा परिवारमा बुबाआमा नै आफू पढ्ने र छोराछोरीलाई पढाउने संस्कार विकासको शुरुवात जरुरी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?