© २०२३
बुटवल, ३ फागुन ।
धेरै युवाको सपना विदेश जाने र धेरै पैसा कमाउने हुन्छ । त्यो पुरा भएपनि भने अब फेरि विदेशमा नै पलायन हुने अहिलेको चलनलाई तोड्दै गुल्मीका दुई युवाहरु होटल ब्यवसायमा लगानी गरेका छन । करीब डेढ दशक लामोसमय बैदेशिक रोजगारको क्रममा पाएको अनुभव र सीपलाई स्वदेशमा नै होटल ब्यवसायमा लगानी गरेका हुन । गुल्मीका नरेश अर्याल र अर्जुन ज्ञवालीले करिब ५० लाख रुपैया लगानीमा बुटवल बेल्बासमा होटल हाईलाईट शुभारम्भ गरेका हुन । ३ तल्ला होटलमा ४ वटा एसि र ४ वटा ननएसी रुम गरि ८ वटा एटेच रुमहरु छन । जहाँ रेष्टुरेन्ट र बारसहितको सुविधा रहेको छ ।
होटलका संचालक नरेश अर्याल आफु दक्षिण कोरियामा लामोसमय रोजगार गरेर कमाएको पैसाबाट अहिले होटल ब्यवसाय शुरु गरेको बताए । परिवारसंग बसेर स्वदेशमा नै केही गरौ भन्ने भावनालाई साकार गर्ने गरि यो पेशा अप्नाएको उनले बताए ।
एक समारोहका बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले औपचारिक रुपमा उद्घाटन गर्दै होटल ब्यवसायीहरुको हकहितमा सधै संघ साथमा रहने प्रतिवद्घता जनाए । कोभिड संक्रमण र आर्थिक मन्दीका कारण कठिनाई भोगेको होटल ब्यवसायी पछिल्लो समय बन्द हुँदै गएको घटनाका बिच पछिल्लोसमय भने नया होटल खेल्ने क्रम चल्नु सकारात्मक भएको उनले बताए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले सेवामुलक उद्योगमा भविष्य रहेको भन्दै युवाहरु नै यसका अगाडी लाग्नुपर्ने बताए । बजारको माग अनुसार गुणस्तरीय र लोकल उत्पादनलाई जोड दिन उनले आग्रह गरे । सेवा उद्योगमा गुणस्तर महत्वपूर्ण हुने भन्दै त्यसमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा संघका उपाध्यक्ष रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्ष टंक पराजुली, सहसचिव अर्जुन थापा, बेलबास–जितगढि होटलका टोल संयोजक रामलाल भुषालले स्वदेशमा रहेर युवाहरुलाइ स्वरोजगार सृजना गर्ने अवसर दिने गरि सरकार लाग्नुपर्ने बताए ।