ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

‘‘श्रमजीवीको पक्षमा स्थानीय सरकार छ’’

३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

बुटवल , ०३ फागुन।

रूपन्देहीका विभिन्न स्थानमा हाटबजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरूको साझा संस्था हाटबजार व्यवसायी संघ रूपन्देहीको १९ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे ले हाटबजार व्यवसायिले स्वरोजगारको वातावरणमा सृजना गरेको बताएका थिए ।हाटबजार व्यवसायिहरूको साथमा स्थानीय सरकार जहिले पनि सकारात्मक रूपमा अगाडि पबढेको बताएमा थिए ।बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले नगरपालिकाले श्रमजीवीको पक्षमा काम गर्ने प्रतिवद्दता समेत व्यक्त गरेकी थिईन् ।कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका पूर्व नगर प्रमुख पुनाराम पोखरेलले व्यवसायिहरू हितमा तीन तहको सरकारले योजना बनाएर अगाडि बढ्नुपर्ने बताएका थिए ।
बुटवल उद्योगव्यापार संघका बाणिज्य उपाध्यक्ष पदम जिसिले कार्यक्रममा बोल्दै व्यवसायीको हितमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।

रूपन्देही व्यापार संघका कोषाध्यक्ष मणि खनालले राज्यबाट गरिने व्यवहार सकारात्मक आवश्यक रहेको बताए । उनले राज्यले सबै व्यवसायीको लागि पूर्वाधार निर्माण गर्नुपर्ने बताएका थिए ।कपिलवस्तु हाटबजार व्यवसायी समितिका अध्यक्ष यमलाल बेल्बासेले कार्यक्रममा बोल्दै विविध समस्याका बाबुजत पनि बैदेशिक रोजगारीको यात्रा केही हदसम्म रोकेको बताए । उनले साप्ताहिक हाटबजार धेरै सुधार गर्न आवश्यक भएको बताए ।हाटबजार व्यवसायी संघ रूपन्देही का पूर्व अध्यक्ष प्रकाश खनालले श्रमजीवीहरूको हितमा स्थानीय सरकारले अभिभावकत्व ग्रहण गर्न नसकेको बताए । हाटबजार व्यवसायी संघका संस्थापक महासचिव समेत रहेका खनालले हाटबार व्यवसायीका लागि भौतिक पूर्वाधार निर्माणमा कुनै पनि थप प्रगति गर्न नसकेको भन्दै कर लिने सरकारले आधारभूत आवश्यकताको लागि निर्माण गर्नुपर्ने बताएका थिए ।
हाटबजारमा खानेपानी, सौचालय, पार्किङ समेत व्यवस्थापन गर्नु पर्ने बताएका थिए । प्रत्येक बर्ष सरकारले बैठकिकरको रूपमा प्रत्येक बर्ष वृद्धि गर्दै जाँदा समस्या व्यवसायीले भोग्दै आएको बताए । उनले भने–“विकासको नाममा व्यवपारिको नामाा लात हान्न पाईदैन, न्यून मूल्यमा विक्रि गर्ने व्यवसायीले राहत कहाँ पाए ।“

कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले ब्यवसायिहरूको हितको लागि सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताएका थिए ।कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसि लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।कार्यक्रम मा बोल्दै हाट बजार व्यवसायी संघका अध्यक्ष हुमाराम पोखरेलले स्थानीय सरकारले साना व्यवसायीहरूको हितको लागि सबैले बेलैमा ख्याल गर्नुपर्ने बताएका थिए ।
उनले पूर्वाधार विहिन बजारलामो समय देखि चल्दै आएको भन्दै यसमा ख्याल गर्नुपर्ने बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?