ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

रानीमहलको सन्देश

३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

बुधवार विहान सात वजे बुटवलको मिलनचोक पुग्दा लुम्बिनी प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार लक्ष्मण ज्ञवाली आइपुगेका रहेछन् । केही वेरको कुराईपछि टुप्लुकिए मुख्यमन्त्रीका ग्रामीण विकास विज्ञ युवराज घिमिरे पनि । सिद्धबाबा मन्दिर परिसरमा रहेको मिष्ठान्न भण्डारमा चिया, खाजा खाएपछि हाम्रो मोटर पाल्पा रानीमहलतिर हुइँकियो । बाटाभरि हामीले सामयिक राजनीति र प्रदेश सरकारका गतिविधिहरूका सन्दर्भमा अनौपचारिक गफगाफ गर्यांै । प्रदेश सरकारको जिम्मेवारी लिएको वर्तमान सरकारले ६ महिना काटिसकेको रहेछ । सरकारले कानुन निर्माणको तहमा गरेका कामहरू, विनियोजित वजेटको कार्यान्वयनको अवस्थासँगै मुख्यमन्त्री चेतनारायण आचार्यको क्रियाशीलता र प्राप्त नतिजाका बारेमा सुक्ष्म विमर्श पनि गरेका थियौं । पाका पुराना नेता तथा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार लक्ष्मण ज्ञवालीको शालीन र तार्किक प्रस्तुति हाम्रा लागि सिकाई नहुने कुरै भएन । उनको कुरा गर्ने तौरतरिका, विषयवस्तुको उठान र रुझानले हामीलाई प्रेरणा थपिरह्यो । ग्रामीण विकास विज्ञ युवराजले वर्तमान सरकारका समस्या र चुनौतीका विषयलाई केस्राकेस्रा केलाउन भ्याए । उनले प्रदेश सरकारप्रति सरकारकै मान्छेले हेर्ने नजर, सहयोग र गतिविधिलाई मिहिन तरिकाले प्रष्ट्याउने काम गरे । विपक्षीहरूले सरकारप्रति गर्ने व्यवहार र त्यसलाई निस्तेज पार्ने कुरा नै सरकारको काम हो भन्नेमा सबैलाई सहमत गराए ।
पाल्पाको डुम्रे पुग्नेबेला ‘गाउँको घर’ र गोमा भण्डारीको कागती खेती एवम् अचार उद्यमका बारेमा उनीहरूलाई जानकारी गराउने काम गर्न भ्याएँ । गाउँको घर नयाँ कन्सेप्ट रहेको बताएँ । एकजना युवा समुन्द्रले गाउँमै खोलेको गाउँको घर, त्यहीको रैथाने उत्पादनको स्वाद र खेती किसानीका बारेमा बताउँदा उनीहरू खुसी भए । विदेश नै जाने मनोदशालाई रोक्न यस्ता युवाहरू नै काफी हुन सक्छन् भन्ने कुरामा उनीहरूलाई सहमत गराउने मेरो प्रयास कायमै थियो । गाउँमै बसेर कागतीखेती र अचार उद्यम सञ्चालन गरेकी गोमाको जीवनयात्रा उनको संघर्ष र प्राप्त सफलताका बारेमा कुरा सुनाइरहँदा एकपटक भेट्नै पर्ने मान्छे रहेछिन् गोमा भन्ने कुरा आयो । समयाभावका कारण उनलाई जाँदैगर्दा भेट्न नसकिए पनि फर्किदा भेट्ने योजना बुनियो ।
तानसेन पुगेपछि माननीय ठाकुर गैरेसँग भेट्न अवसर मिल्यो । नेताहरू धनेन्द्र घिमिरे, विमल काफ्ले र गुराँस आत्रेय लगायतसँग उनीहरूकै पार्टी कार्यालयलाई साक्षी राखेर फोटो खिचियो । चिया खाने अनुरोधलाई ‘पछि फर्किदा खाम्ला’ भनेर टारियो । बतासेडाँडाबाट रानीमहलतिर ओरालो लाग्दा हल्का वाकवाकी लाग्यो । वान्ता नै हुन्छ कि भन्ने डर थियो । मोटरको स्पीड बढी भएर हो वा घुम्ति मोडहरूले हुन् हेक्का भएन तर फन्फनी मलाईमात्र होइन रहेछ घुमाएको ।
रानीमहल नजिकैको कालीण्डकीको जलले मुख धोएपछि हल्का भयो । मुख्यमन्त्रीसहित अन्य मन्त्रीहरूसँग त्यतै भेट्ने अवसर जुर्यो । बग्दै गरेको कालीगण्डकीमा स्नान गर्नेहरू थिए । कतिले मुखमात्र धोए । धेरैजसोले टाउकामा जल छर्केर हरहर गण्डकी गरे । कालीगण्डकी किनारमा रहेको सुन्दर रानीमहल हेरेपछि मनै शान्त भयो । खड्गशम्सेरले आफ्नी प्रिय रानी तेजकुमारीको सम्झनामा बनाएको उक्त रानीमहल बनाउनमात्रै पाँच वर्ष लागेको थियो । भव्य भवनको छेउमा बसेर कालीको सुुसेलीमा सुसेलिदै जुनेली रातमा मृतक रानीसँग खड्गशम्सेरले बातचित गर्थे रे ! किंवदन्ती छ ।
यही स्थानलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेयले पहिलोपटक आआफ्नो प्रदेशका विकास निर्माणसँगै सरोकार राख्ने विषय एवम् प्रसङ्गलाई संयुक्त वार्ता गर्ने थलो बनाए । कार्यक्रमलाई औपचारिकता दिए । तानसेन नगरले अतिथिहरूलाई पाल्पाली ढाका टोपी र सलले सम्मान गरेको थियो । पाल्पाको पर्यटनसँग सम्बन्धित कुरा तानसेनले बखान गर्यो । कालीगण्डकी करिडोरको बारेमा बताइए ।
दुबै मुख्यमन्त्रीहरूले २१ बुँदे साझा सहमति पत्रमा हस्ताक्षर गरे । गण्डकी र लुम्बिनीको विकासमा हातेमालो गर्ने संकल्प गरे । पहिलो भेटघाट र समन्वयकारी बैठक सुरुआती चरण हो, अन्तिम होइन भने । सिद्धार्थ राजमार्गको स्तरोन्नतिका कुरा प्राथमिकतामा परे । नेपालगञ्जदेखि पोखरासम्मको हवाई यातायातले चर्चा पायो । गण्डकीको उत्पादन लुम्बिनीमा र लुम्बिनीको पर्यटकीय सम्बन्ध गण्डकीसँगको प्रसंग व्यवहारिक देखिए । धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय प्रवद्र्धनका लागि दुबै प्रदेश पोेटेन्सियल रहेका र यसको ब्राण्डिङ र मार्केटिङ आजको आवश्यकताभित्र पर्ने कुरामा उनीहरू सहमत भई सहकार्य गर्नेमा जोड दिए । रानीमहलमा गरिएको बैठक र यसको सन्देशले पक्कै पनि दुबै प्रदेशवासीहरूलाई खुसी तुल्याउने छ । कार्यान्वयन भई परिणाम दिने छ । रानीमहल बैठकको सन्देश प्रभावकारी भई रानीमहलजस्तै ठिंग उभिने छ ।
तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रुरु गाउँपालिका र कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधिहरू, लुम्बिनी तथा गण्डकी प्रदेशका मन्त्री र सांसदहरूको उपस्थिति थियो । कर्मचारी दुबै प्रदेशका नहुने कुरै भएन । खर्च व्यवस्थापनमा तानसेन र बगनासकाली मिसिएका रहेछन् । उपस्थित सबैलाई खानाको व्यवस्थापन थियो । औपचारिक कार्यक्रम समापनपछि पत्रकार महासंघ पाल्पाले सर्ट एण्ड स्वीट पत्रकार सम्मेलन गरेको थियो । दुबै प्रदेशका मुख्यमन्त्रीले २१ बँुदे सहमतिपत्र अक्षरशः पालना गर्न आफूहरू पूर्णरूपमा कटिवद्ध रहने पुनः प्रतिवद्धता जनाएका थिए । पाल्पा क्षेत्र नं.२ का संघीय माननीय ठाकुरप्रसाद गैरेले दुबै मुख्यमन्त्रीहरूलाई माला र खादाले सम्मान गरेका थिए रानीमहलमै ।
रानीमहलबाट बाटो लाग्यौं हामी । तानसेन आएर पाल्पा क्षेत्र नं.१ का माननीय नारायण आचार्यसँगै पौवा होटलमा चिया पियौं । गिट्टीखानीनिर आउँदा प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीसँग भेट भइयो । उनीहरू कारको पञ्चर भएको कारण दुःख पाएका रहेछन् । बुटवल योगीकुटीमा रहेको गौतम मिष्ठान्न भण्डारमा हर्ट लेमन वाटर पिएपछि जीउ नै हल्का भयो । हामीहरू आ–आफ्नो बाटो लागियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?