ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

प्रथम सहिद लखन कप फुटबलमा मौडीचौर रोल्पा विजयी

३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार
दाङ, २ फागुन ।
नेपालका प्रथम सहिद लखन थापा मगरको १४८औँ स्मृतिमा आयोजित फुटबल प्रतियोगिता–२०८१ मा माडीचौर फुटबल क्लब रोल्पाले विजयी शुरुवात गरेको छ ।
नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा शुक्रबारदेखि  घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा  शुरु भएको खुल्ला नकआउट प्रतियोगितामा सल्यान फुटबल क्लवलाई ६–२ गोल अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो । प्रतियोगितामा माडीचौर एफसीका प्रतिक घर्ती मगर प्लेयर अफ द म्याच भए । प्रतियोगिताको उदघाटन नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष गंगा थापा मगरले गरेका थिए ।
दाङसहित सल्यान, रोल्पाका गरी जम्मा  १८ टीमको सहभागीता रहेको प्रतियोगितामा जम्म १५ वटा खेल हुने प्रतियोगिता संयोजक घर्तीले बताए । फागुन १० गते फाईनल खेल  हुने गरी खेल तालिका सार्वजनिक गरिएको प्रतियोगिता सहसंयोजक अशोक घर्तीले बताए ।
सहिद  थापा मगरको स्मृति दिवसको अवसरमा हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको भन्दै आयोजक नेपाल मगर संघले खेलकुदको विकाससँगै सहिदको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने द्वितीय हुने टिमलाई पचास हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार दिइने छ । यसैगरी विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
नेपालका प्रथम सहिद लखन थापा मगरलाई सम्मान गर्न राज्यले ध्यान नदिएको मगर समुदायका अगुवाहरुले गुनासो गरेका छन् । प्रथम सहिद लखन थापा मगरको १४८ औं स्मृति दिवसको अवसर पारेर नेपाल मगर संघ घोराही नगर समितिले शुक्रबार घोराहीमा आयोजना गरेको कार्यक्रममा सहभागी मगर अगुवाहरुले देशका लागि बलिदानी दिएर शाहदात प्राप्त गरेका प्रथम शहीदलाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारले ध्यान दिनुपर्ने माग गरेका हुन् ।
मगर संघ घोराहीका अध्यक्ष बेदबहादुर बुढाको अध्यक्षता तथा नेपाल  मगर संघको केन्द्रीय सह–अध्यक्ष गंगा थापा मगरले राज्यले सच्चा सहिदको सम्मानमा कन्जुस्याईँ गर्न नहुनेमा जोडसमेत दिएका छन् ।  केन्द्रीय सह–अध्यक्ष  थापा मगरले राज्यले लखन थापा मगरलाई प्रथम सहिद मात्रै घोषणा गरेपनि स्मृतिमा सम्मानका कार्यक्रम नगर्दा प्रथम सहिदको अपमान हुने अवस्था सिर्जना भएको तर्क गरे ।
उनले मगर भाषा, कला, संस्कृति संरक्षणमा समुदाय नै जाग्नुपर्ने बेला आएको बताए । भाषा, कला, संस्कृति संरक्षणमा राज्यले विभेद  गर्दा जोखिममा परेको भन्दै यसमा सबै गम्भीर हुन आवश्यक रहेको बताए  ।
यसैगरी, नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दरजीत रोकाले शहीद सबैको साझा सम्पत्ति भएकाले लखन थापालाई सबैले सम्मान गर्न आवश्यक रहेको बताए । सो अबसरमा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव सावित्रा राना मगर,  घोराही १४ का वडा अध्यक्ष भानसिंह बुढा, नेपाल मगर संघ केन्द्रीय अनुसन्धान विभाग सदस्य कर्णबहादुर बुढा मगर, नेपाल मगर संघ केन्द्रीय सदस्य शारदा पुन मगर, नेपाल मगर संघ घोराही नगर शिक्षा सदस्य कमला देउजा पुन, नेपाल मगर संघ लुम्बिनी प्रदेश अनुशासन विभाग आयोग सदस्य खलुप्रसाद पुन, नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य कैलाश रोका मगर, नेपाल मगर संघ दाङ जिल्ला समन्वय समिति अध्यक्ष मुक्त बुढा मगर, उपाध्यक्ष प्रेम बुढा मगरलगायत  बोलेका थिए ।
सो अवसरमा लखन पार्कमा रहेको लखन थापा मगरको शालिकमा उपस्थित  व्यक्तिहरुले माल्यार्पण गर्दै सम्मान प्रकट गरेका थिए  । कार्यक्रममा मगर समुदायको विभिन्न कला, संस्कृति प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?