ट्रेंडिंग:

>> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै

नवलपरासीमा एमसिसी परियोजनाः ‘तारमुनीको जग्गाको मुआब्जा माग’

२ फाल्गुन २०८१, शुक्रबार
२ फाल्गुन २०८१, शुक्रबार

सुनवल, ०२ फागुन ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्ट अन्तर्गत बन्ने प्रशारण लाईनका लागी पश्चिम नवलपरासीमा टावर रहने जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । साढे २१ करोड मुआब्जा मध्ये ७ करोड मात्र भुक्तानी बाँकि छ ।१ सय २४ जनाले मुआब्जा पाउनुपर्नेमा ९४ जनाको खातामा पैसा गईसकेको छ । बाँकी भुक्तानी पनि जग्गाधनीकै समस्याका कारण भुक्तानी हुन बाँकि रहेको एमसिए नेपालले जनाएको छ ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत बन्ने प्रशारणलाईनका लागी टावर निर्माण गर्न जग्गाको अवस्था हेरिकन प्रतिकठ्ठा ९ लाख १४ हजार देखि ७३ लाख ६७ हजार सम्म रकम भुक्तानी गरिएको छ । साना ठुला दुई प्रकारका टावर निर्माणका लागि १ कठ्ठा ८ धुर देखि २ कठ्ठा सम्म जग्गा अधिग्रहण गरिएको छ ।

लप्सीफेदिबाट सुरु हुने ३ सय १५ किलोमिटर लामो प्रशारण लाईन अन्र्तगत नवलपरासीमा बर्दघाट वडा नम्बर २ को जंगल क्षेत्र हुँदै सुनवल ११ बाट रामग्राम हुदै पाल्हीनन्दनबाट भारत तर्फ जोडिने छ । नवलपरासीमा प्रशारण लाईन ३३ किलोमिटर लामो हुने छ । नवलपरासीमा कुल १ सय २ वटा टावर निर्माण हुने छ । जसमध्ये सुनवल सूर्यबस्तीमा रहेको सवस्टेशन देखि पाल्हीनन्दन सम्म कुल १८ दशमलव २ किलोमिटरमा बन्ने ५४ वटा टावरको मात्र मुआब्जा वितरण भएको हो । टावर रहने स्थानको मुआब्जा टुंगो लागेर वितरण भईरहेपनि तारमुनीको जग्गाको भने क्षतिपुर्ति मुल्याकंन हुन बाँकि छ । तारमुनीको जग्गाको सन्र्दभमा एमसिए नेपालले क्षतिपूर्ति उपलब्ध गराउने छ । जसका लागी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मूल्यांकन समिति बनेको छ । उक्त समितिले ३५ दिन भित्र तारमुनीको जग्गाको मुल्याकंन गरी क्षतिपुर्ति सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताईन् ।

यसैबिच तारमुनीको जग्गाको मुल्याकंन नहुदै जग्गाधनिहरू भने जग्गाको क्षतिपूर्ति नभई मुआब्जा पाउनुपर्ने भन्दै स्थानीय तहमाथी दबाब सृजना गर्न थालेका छन् । किसान संर्घष समिति बनाएर हाईटेन्सन लाईनको तारमुनि जग्गा पर्ने जग्गाधनिहरूले टावरको जग्गा जस्तै आफुहरूले पनि पुरा क्षतिपूर्ति पाउनुपर्ने माग गरेका हुन् । रामग्राम नगरपालिकामा जनप्रतिनिधि सहितको टोली संग भएको छलफलमा जग्गाधनिहरूले तारमुनीको जग्गाको उपयोगिता नहुने भन्दै क्षतिपुर्ति नभए मुआब्जा दिनुपर्नेमा माग गरेका हुन् ।संघर्ष समितिका अध्यक्ष मनोज मौर्यले स्थानिय तहका जनप्रतिनिधिले यसमा भूमिका खेल्नुपर्ने भन्दै उचित क्षतिपुर्ति पाउनुपर्ने माग गरे । सो क्रममा नगर प्रमुख धनपत यादवले जग्गाको उचित क्षतिपुर्ति पाउनुपर्ने भन्दै आफु जनताको पक्षमा रहेर मुआब्जा निर्धारण समितिमा कुरा उठाउँदै आएको बताए । खनजोत गर्दे आएको र त्यहि जग्गाको भरमा जिविकोपार्जन गर्दे आएका किसानहरू मारमा पर्ने विषयमा आफू जानकार रहेको बताउँदै नगर प्रमुख यादवले बढि भन्दा बढि क्षतिपूर्तिका लागी पहल भईरहेको बताए । सबै तहका जनप्रतिनिधिहरू यसमा जिम्मेवार बन्नुपर्ने र जग्गाधनिलाई पनि सचेत बन्न नगर प्रमुख यादवले आग्रह गरे ।
बर्दघाटदेखि पाल्हीनन्दनसम्म विस्तार हुने प्रशारण लाईनको तारमुनि ९ सय ५० जनाको जग्गा पर्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?