ट्रेंडिंग:

>> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति

दाङ प्रहरीद्वारा महिला बेचबिखन गरेको कसुरमा तीन जना पक्राउ

२ फाल्गुन २०८१, शुक्रबार
२ फाल्गुन २०८१, शुक्रबार

दाङ, २ फागुन ।

दाङ प्रहरीले एक महिलालाई बेचबिखन गरेको कसुरमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले माघ महिनाभर जिल्ला प्रहरी कार्यालय र मातहतमा रहेको प्रहरी इकाईबाट सम्पादन भएका काम बारे जानकारी दिएको हो । बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा घोराही १५ बस्ने राजेश नेपाली र राधा पाण्डे तथा भारतको ईमिलिया मकुनहवाबाट रामनिवास मौर्यालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, राजेश र राधा श्रीमान श्रीमती हुन् भने मौर्या महिला किन्ने व्यक्ति हुन् ।

ती महिलालाई भारतमा लगेर उनीहरुले ३५ हजार भारतीय रुपैयाँमा मौर्यालाई बिक्रि गरेका थिए ।
माघ ४ गते राजेश र राधाले कृष्णनगर किनमेल गर्न भन्दै लगेको अवस्थामा कृष्णनगरको बाटो हुँदै भारतको ललिया ईमिलिया मकुनहवा भन्ने स्थानमा लगेर दाङकी २३ वर्षकी एक महिलालाई बेचेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार इलाका प्रहरी कार्यालय गढवा प्रमुख प्रहरी निरिक्षक कालिका कार्कीको कमाण्डमा खटिएको प्रहरीको टोलीले भारत प्रहरीको सहयोगमा नियन्त्रणमा आावश्यक कारवाही अघि बढाईएको जानकारी दिएको छ ।

माघ ४ गते छोरी हराएको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा खोजतलास अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालयबाट ७ गते परिपत्र भएपछि खटिएको प्रहरीको भारतीय सुरक्षा निकायको सहयोगमा पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरिक्षक कार्कीले बताइन । भारतबाट बेचिएकी भनिएकी महिलाले नेपालमा आफन्तलाई सम्पर्क गरी आफु बेचिएको खबर गरेपछि भारतीय सुरक्षा निकायसँगको सहयोगमा अभियुक्तलाई पक्राउ गर्न सहज भएको बताए ।

भारतको बलरामपुर प्रहरीसँग समन्वय गरेर ललिया ईमिलिया मकुनहवा भन्ने स्थानमा रहेको ४९ वर्षका रामनिवास मौर्यालाई माघ १६ गते नियन्त्रणमा लिएको उनले बताए । विवाह गरेर राख्ने भन्दै बिक्रि गरेको अवस्थामा महिलाको उद्धार गरेर नेपाल ल्याईएको र ललाईफकाई बिक्रि गर्ने राजेश र राधालाई यही माघ१७ गते घोराही १५ बाट नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही अघि बढाईएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए। पक्राउ परेको तीन जनालाई मानव बेचबिखन कसुरमा मुद्धा चलाईने अहिले थप अनुसन्धान अघि बढाईएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?