ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

हामी संविधान कार्यान्वयनमा केन्द्रित छौं: दाहाल

२ फाल्गुन २०८१, शुक्रबार
२ फाल्गुन २०८१, शुक्रबार

गुल्मी, ०२ फागुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले आफुहरू संविधान कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् ।बिहीबार मालिका गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्दै दाहालले संविधान बनाउने बेलादेखि नै विभिन्न बहस जारी रहेको भन्दै संविधानले निर्दिष्ट गरे अनुसारका ऐन कानुन बनाएर प्रदेश र स्थानीय तहलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता औल्याएका थिए । उनले गाउँगाउँमा सिंहदरबार आइपुग्यो भनेर मात्रै नहुने भन्दै जनताले पनि जागरुकता बढाउन जरुरी रहेको बताए ।

स्थानीय तहले सुशासन र न्यायको क्षेत्रमा काम गर्नुपर्ने भन्दै कृषकहरूको उन्नती र प्रगतिका रचनात्मक काम गर्न स्थानीयतहलाई आग्रह गरेका छन । पूर्व प्रधानमन्त्री दाहालले सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी समेत गरेका छन् । उनले सरकारले प्रदेश र स्थानीय तहलाई दिदैँ आएको समानीकरणको बजेट कटौती गर्न लागेको बताए । सरकारले समानीकरणको बजेट बढाउनुपर्नेमा उल्ल्टो घटाउन लागेको भन्दै सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरेका छन ।
गुल्मीमा आउँदा आफूलाई पहिलेको गठबन्धन कायमै रहेको जस्तो अनुभूति भएको उनको भनाइ छ । प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सर्वदलीय राजनीतिक दलहरूको उपस्थिति रहेकाले आफूलाई खुसी लागेको उनले बताए । सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले अहिले सार्थकता पाएको बताउँदै उनले जनतालाई सेवा पनि सहज र सरल रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले अहिले सार्थकता पाएको बताउँदै उनले जनतालाई सेवा पनि सहज र सरल रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिए । गुल्मीमा आउँदा आफूलाई पहिलेको गठबन्धन कायमै रहेको जस्तो अनुभूति भएको उनको भनाइ छ । प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सर्वदलीय राजनीतिक दलहरूको उपस्थिति रहेकाले आफूलाई खुसी लागेको बताए । गाउँपालिकाका अध्यक्ष देविराम अर्यालका अनुसार नवनिर्मित प्रशासकीय भवन सात करोड ६७ लाख लागतमा तयार भएको हो । सोही अवशरमा बिहिबार बिहान प्रचण्डले मालिका गाउँपालिकामा निर्माण गरिएको मालिका शान्ति पार्क र हेलिप्याडको पनि उद्घाटन गरेका थिए ।

यस्तै पूर्वप्रधानमन्त्री दाहालले आजै धुर्कोट गाउँपालिकामा निर्माण गरिएको शहिद पार्कको समेत उद्घाटन गरेका छन । मालिका गाउँपालिकाले सो अवसरमा बरिष्ठ कलाकार बम बहादुर कार्की, प्रशासकीय भवन निर्माण गर्ने निर्माण व्यवसायी हरिकुमार श्रेष्ठ र गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) डिजाइनर घनश्याम पराजुलीलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्रीहरू चक्रपाणी खनाल, रामकुमारी झार्की, नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शुभकामना मन्तव्य राखेको गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?