ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

हामी संविधान कार्यान्वयनमा केन्द्रित छौं: दाहाल

२ फाल्गुन २०८१, शुक्रबार
२ फाल्गुन २०८१, शुक्रबार

गुल्मी, ०२ फागुन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले आफुहरू संविधान कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् ।बिहीबार मालिका गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्दै दाहालले संविधान बनाउने बेलादेखि नै विभिन्न बहस जारी रहेको भन्दै संविधानले निर्दिष्ट गरे अनुसारका ऐन कानुन बनाएर प्रदेश र स्थानीय तहलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता औल्याएका थिए । उनले गाउँगाउँमा सिंहदरबार आइपुग्यो भनेर मात्रै नहुने भन्दै जनताले पनि जागरुकता बढाउन जरुरी रहेको बताए ।

स्थानीय तहले सुशासन र न्यायको क्षेत्रमा काम गर्नुपर्ने भन्दै कृषकहरूको उन्नती र प्रगतिका रचनात्मक काम गर्न स्थानीयतहलाई आग्रह गरेका छन । पूर्व प्रधानमन्त्री दाहालले सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी समेत गरेका छन् । उनले सरकारले प्रदेश र स्थानीय तहलाई दिदैँ आएको समानीकरणको बजेट कटौती गर्न लागेको बताए । सरकारले समानीकरणको बजेट बढाउनुपर्नेमा उल्ल्टो घटाउन लागेको भन्दै सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरेका छन ।
गुल्मीमा आउँदा आफूलाई पहिलेको गठबन्धन कायमै रहेको जस्तो अनुभूति भएको उनको भनाइ छ । प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सर्वदलीय राजनीतिक दलहरूको उपस्थिति रहेकाले आफूलाई खुसी लागेको उनले बताए । सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले अहिले सार्थकता पाएको बताउँदै उनले जनतालाई सेवा पनि सहज र सरल रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले अहिले सार्थकता पाएको बताउँदै उनले जनतालाई सेवा पनि सहज र सरल रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिए । गुल्मीमा आउँदा आफूलाई पहिलेको गठबन्धन कायमै रहेको जस्तो अनुभूति भएको उनको भनाइ छ । प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सर्वदलीय राजनीतिक दलहरूको उपस्थिति रहेकाले आफूलाई खुसी लागेको बताए । गाउँपालिकाका अध्यक्ष देविराम अर्यालका अनुसार नवनिर्मित प्रशासकीय भवन सात करोड ६७ लाख लागतमा तयार भएको हो । सोही अवशरमा बिहिबार बिहान प्रचण्डले मालिका गाउँपालिकामा निर्माण गरिएको मालिका शान्ति पार्क र हेलिप्याडको पनि उद्घाटन गरेका थिए ।

यस्तै पूर्वप्रधानमन्त्री दाहालले आजै धुर्कोट गाउँपालिकामा निर्माण गरिएको शहिद पार्कको समेत उद्घाटन गरेका छन । मालिका गाउँपालिकाले सो अवसरमा बरिष्ठ कलाकार बम बहादुर कार्की, प्रशासकीय भवन निर्माण गर्ने निर्माण व्यवसायी हरिकुमार श्रेष्ठ र गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) डिजाइनर घनश्याम पराजुलीलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वमन्त्रीहरू चक्रपाणी खनाल, रामकुमारी झार्की, नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शुभकामना मन्तव्य राखेको गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?